— एमाले अध्यक्ष केपी शर्मा ओलीले टोल टोलामा सुरक्षा दस्ता गठन गर्ने बताएका छन् ।
ओलीले यस्तो दस्तामा युवा भोलेन्टियर्सहरु संग्लन हुने पनि बताएका छन् । ओलीले सोमबार एमालेले सुरु गरेको घर फर्क अभियानका कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
ओलीले एमालेले युवा भोलन्टियर फोर्स गठनको तयारी गरिसकेको गत १६ गतेबाट यो गठनको प्रारम्भ भइसकेको बताउँदै मंसिर ५ गते त्यसलाई राष्ट्रिय स्तरमा बढाउने बताएका छन् । उनले भने, 'एमालेसँग युवा छ कि छैन भन्ने दुनियाँले देख्नेछ ।
उनले महिलाहरु सिक्री लगाएर हिँड्न पनि नसक्ने अवस्था रहेको भन्दै असुरक्षा बढेको तर्क पनि गरे । उनले झलमल्ल सुनका गहना लगाए हिँड्न सक्ने अवस्था बनाउने र कोही कसैसँग डराउन नपर्ने अवस्था सिर्जना गर्ने तर्क पनि गरे । उनले राष्ट्रिय युथ भोलेन्टियर्समा सामेल हुन युवाहरुलाई आह्वान गरे ।