— सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गत बुधबार बसेको १२३ औं बोर्ड बैठकले आगामी फागुन १ देखि ७ सम्म दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
प्रतियोगिता सञ्चालनको मुख्य स्थल प्रदेश रंगशालाको झन्डै ९९ प्रतिशत काम पूरा भएको छ भने सुर्खेतमै चिसापानी फुटबल मैदान, कालुंगचोक रग्बी मैदान र प्रदेश रंगशाला परिसरको क्रिकेट मैदानको निर्माण पनि सकिएको छ ।