मुख्य समाचार
लाइसेन्सका लागि आवेदन खुला
लाइसेन्सका लागि आवेदन खुला

— यातायात व्यवस्था विभागको भवन आगजनी भएर क्षति भएको दुई महिनापछि नयाँ लाइसेन्सका लागि आवेदन खुला गरिएको छ । २४ भदौमा भएको प्रदर्शनपछि उक्त सेवा ठप्प थियो । विभागका अनुसार आइतबार उपत्यकाका दुई वटा यातायात व्यवस्था कार्यालय सानोभर्‍याङ र भक्तपुरको राधेराधेबाट यो सेवा सुरु भइसकेको छ । त्यस्तै सोमबारबाट चाबहिल र एकान्तकुना कार्यालयबाट पनि सेवा सुरु भएको विभागका निर्देशक केशव खतिवडाले जनाए ।


‘नयाँ लाइसेन्स लिनेहरूका लागि आवेदन, लिखित र ट्रायल परीक्षा उपत्यकाका केही कार्यालयबाट सुरु भइसकेको छ,’ खतिवडाले भने, ‘यसअघि अवधि सकिएका नयाँ र पुराना लाइसेन्स सबैको नवीकरण सेवा यसअघि नै सुरु भइसकेको छ ।’ उनका अनुसार मंगलबारबाट उपत्यकाबाहिरका यातायात व्यवस्था कार्यालयबाट पनि यो सबै सेवा सुरु गरिँदै छ । ‘देशभर रहेका ४२ मध्ये ३८ वटा यातायात व्यवस्था कार्यालयबाट लाइसेन्ससम्बन्धी सेवा सुरु भइसकेको छ,’ खतिवडाले भने, ‘नयाँ लाइसेन्सका लागि उपत्यकाबाहिरका कार्यालयबाट क्रमशः सेवा सुरु गर्दै लग्छौं ।’

४२ मध्ये चार वटा यातायात व्यवस्था कार्यालय रुकुमको चौरजहारी, सुर्खेत, पोखरा र हेटौंडाबाट भने उक्त सेवा सुरु भइसकेको छैन । ‘यी चार यातायात कार्यालयका भवन तयार गरिँदै छ,’ खतिवडाले भने, ‘त्यसैले सेवा सुरु गर्न अझै केही दिन लाग्न सक्छ ।’ केही दिन नयाँ लाइसेन्सका लागि आवेदन दिनेको संख्या हेरेर प्रणालीमा लोड परे मात्र आवेदन दिने समय निर्धारण गरिने उनले बताए । ‘देशभर सेवा सुरु गरेर आवेदन दिनेको संख्या केही दिन हेर्छौं,’ उनले भने, ‘बढी लोड परे लोड हेरेर आवेदन दिने समय निर्धारण गर्छौं ।’ धेरै लोड पर्दा प्रणालीको गति सुस्त हुने भएकाले त्यो हेरेर मात्र निर्णय गरिने उनको भनाइ छ ।

अघिपछि सामान्य दिनमा सातै प्रदेशबाट ६ देखि ७ हजार सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिन्थे । यसअनुसार ४ देखि ५ हजार नयाँ लाइसेन्सका लागि ट्रायल पास हुन्थे । यो सेवा देशभरकै ४२ यातायात व्यवस्था कार्यालयबाट उपलब्ध हुँदै आएको छ । त्यस्तै १८ कात्तिकबाट ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध भएको छ । विभागको डेटा सेन्टर आगजनीबाट क्षति भएसँगै नागरिक एपबाट ड्राइभिङ लाइसेन्स हटेको थियो । अहिले छपाइ गर्न बाँकी २५ लाखभन्दा बढी लाइसेन्स छन् । तीमध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्न सुरु गरेको छ ।

केन्द्रले ६ महिनामा १२ लाख लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउनेछ । ‘वैदेशिक रोजगारमा जाने लगायत तुरुन्त लाइसेन्स चाहिनेको हकमा आवेदन विभागले लिन्छ,’ खतिवडाले भने, ‘त्यसलाई मुद्रण केन्द्रमा पठाएर छपाइ गरी उपलब्ध गराउँछौं ।’ त्यसैले तुरुन्त लाइसेन्स चाहिने र पुराना छपाइ गर्न बाँकी लाइसेन्सको संख्या मिलाएर केन्द्रले १२ लाख छपाइ गर्ने उनको भनाइ छ । यसका लागि गत १३ कात्तिकमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

अझै विभागसँग पुराना छपाइ गर्न १३ लाख लाइसेन्स छन् । त्यसका लागि पछि फेरि आवश्यक बजेट व्यवस्थापन गरेर केन्द्रलाई नै छपाइ गर्न दिने विभागको योजना छ । विभागमा रहेको मेसिन जलेर नष्ट भएपछि विभागबाट छपाइ बन्द भएको हो । विभागले लाइसेन्स छपाइ गर्ने मेसिन खरिद नगर्दासम्म तत्काल आवश्यक लाइसेन्स मुद्रण केन्द्रले नै छाप्नेछ । आगजनीबाट विभागमा विभिन्न यातायात व्यवस्था कार्यालयमा पठाउन भनेर छापेर राखिएका २२ हजारमध्ये १८ हजार लाइसेन्स जलेको अनुमान छ । यसमध्ये तीन हजार लाइसेन्स मात्र सुरक्षित भेटिएका छन् । प्रणाली चलेकाले कति लाइसेन्स छपाइ भएर बसेका थिए भनेर हेर्ने काम भइरहेको निर्देशक खतिवडाले बताए ।

अहिले पुरानो मितिमा जारी भएका लाइसेन्स नवीकरण गर्दा अवधि पाँच वर्षकै हुने विभागले जनायो । ‘नयाँ नियमअनुसार २०८२ साउन १४ भन्दा पछाडि जारी हुने लाइसेन्स र तिनको नवीकरण गरेपछि समय १० वर्षको हुनेछ,’ उनले भने, ‘त्यसअघि लाइसेन्स नवीकरण अवधि पाँच वर्षकै हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–४ मा डेरा गरेर बस्ने १६ वर्षीय बालकलाई दुई महिनापछि आइतबार पक्राउ गरेको हो । नाबालक भएका कारण प्रहरीले उनको पहिचान गोप्य राखेको छ । उनको परिवर्तित नाम २०८२/८३ कास्की–३१ राखिएको छ । प्रहरी कार्यालय ...
— मुस्ताङमा रहेको कोरला नाका हुँदै पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती ...
: कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ। शाखाले साउन २६ गतेदेखि ३१ ...
— भदौ २४ गते प्रदर्शनका क्रममा प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा तोडफोड तथा आगजनी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ जगातीस्थित रहेको प्रहरी वृत्त जगाती, चाँगुनारायण नगरपालिका-७ स्थित प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ...
: लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए। ‘प्रदेश मन्त्रिपरिषद् बैठक सम्पन्न भयो। बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान ...