मुख्य समाचार
एनपीएलको पहिलो खेलमा जनकपुर र काठमान्डु आमनेसामने
एनपीएलको पहिलो खेलमा जनकपुर र काठमान्डु आमनेसामने

— साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि रक्षा अभियान काठमान्डु गोर्खाजसँग खेलेर गर्ने भएको छ ।


नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रकाशित गरेको खेल तालिकाअनुसार मंसिर १ देखि सुरु दोस्रो संस्करणको एनपीएलको पहिलो खेलमा जनकपुर र काठमान्डु आमनेसामने हुनेछ ।

जनकपुरले गत वर्ष सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको एनपीएल जितेको थियो । करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाज गत सिजन पाँचौं स्थानमा रहेको थियो । जनकपुर र काठमान्डुको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।

सुदूरपश्चिमले प्रतियोगिताको तेस्रो दिन काठमान्डुसँगै आफ्नो पहिलो खेल खेल्ने छ । दोस्रो दिन (मंसिर २) मा चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । गत सिजन पुछारमा रहेको लुम्बिनी लायन्सले चौथो दिन आफ्नो पहिलो खेल चितवनसँग खेल्ने छ । कर्णाली याक्स र लुम्बिनी लायन्सबीच मंसिर २१ गते लिग चरणको अन्तिम खेल हुनेछ ।

सहभागी ८ फ्रेन्चाइज टोलीले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । मंसिर २३ गते क्वालिफायर १, मंसिर २४ गते इलिमिनेटर र मंसिर २५ गते क्वालिफायर २ हुनेछ । फाइनल मंसिर २७ मा हुनेछ ।

फ्लडलाइटमा एनपीएल

एनपीएलका खेलहरू फ्लडलाइटमा पनि हुनेछ । हरेक दिनको एक खेल साँझ टुगिने गरी क्यानले खेलतालिका प्रकासित गरेको छ । जनकपुर र काठमान्डुको खेल ४ बजे सुरु भएपछि फ्लडलाइट बल्ने छ । दिउँसो सुरु हुने खेल ३.३० बजे र ४ बजे सुरु हुनेछ र फ्लडलाइटमा टुंगिने छ ।



नेपालमा पहिलो पटक फ्लडलाइटमा क्रिकेट खेल हुन लागेको हो । एनपीएल सुरु हुन एक साता बाँकी रहेको अवस्थामा पुनर्निर्मित कीर्तिपुर मैदानमा हाल फ्लडलाइटका कामहरू भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन भएको छ। सिलहट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजशाही वारियर्ससँगको खेल सुरु हुनु केही समयअघि मैदानमा ढलेका उनको हट एट्याकका कारण निधन भएको जनाइएको छ। ५९ वर्षीय जाकी खेलाडीको वामअपको समयमा मैदानमा बेहोस भएका थिए। उनी ढलेलगत्तै ढाका क्यापिटल्सका मेडिकल टिमले ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको महिला तर्फको पहिलो खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटले हराएको छ। आर्मीले २५–१६, २५–१२ र २५–९ले चुली युवा क्लबलाई हराएको हो। आर्मीले पहिलो खेलमा एभरेस्ट महिला क्लबलाई हराएको थियो। आजको महिला तर्फको दोस्रो खेल ...
— लयमा फर्केको युभेन्ट्सले शनिबार पिसालाई २–० पराजित गर्दै इटालीको सिरी ए को तेस्रो स्थानमा उक्लेको छ । यस जितसँगै युभेन्ट्स उपाधि होडमा पनि सामेल भएको छ । पहिलो हाफको गोलरहित बराबरीपछि युभेन्ट्सले खेलको अन्त्यतिर दुई गोल गरेको हो । पिएरे कालुलुले ७३ औं मिनेटमा पहिलो गोल गरेपछि केनन यिल्डिजले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल ...
— ओली वाटकिन्सले वेञ्चबाट मैदानमा प्रवेश गर्दै गरेका दुई गोलको मद्दतले एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–१ ले पराजित गरेको छ । यस जितले भिल्लाको अप्रत्यासित उपाधिमाथिको दावेदारी अझ बलियो भएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा भिल्लाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । वाट्किन्सले ६३ औं मिनेटमा पहिलो गोल ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ को पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले जित निकालेका छन्। महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ क्लबलाई हराउँदै हेल्प नेपाल स्पोट्स क्लबले विजयी सुरुवात गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश खेलकुदलाई ३-० को सोझो ...