मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षिक परामर्श संस्था केआईईसीसँग प्रायोजन सम्झौता
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षिक परामर्श संस्था केआईईसीसँग प्रायोजन सम्झौता

— नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षिक परामर्श संस्था केआईईसीसँग प्रायोजन सम्झौता गरेको छ । केआईईसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विद्यार्थीका लागि २० वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको छ ।


मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको एनपीएलमा गोर्खाजले आफ्नो जर्सीमा केआईईसीको लोगो राखेर खेल्ने छ । यसका लागि काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र केआईईसीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले सोमबार सम्झौतामा हस्ताक्षर गरे । गोर्खाजका सीईओ सुरजसिंह ठकुरी र केआईईसीका बजार प्रबन्धक सुमित श्रेष्ठको रोहबरमा सम्झौता गरिएको हो ।

गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले केआईईसीले खेलकुदका विभिन्न क्षेत्रमा गर्दै आएको बजार व्यवस्थापन कार्यप्रति प्रशंसा गरे । केआईईसीका संस्थापक रिजालले युवाको भविष्यका लागि कार्य गर्दै आएको र एनपीएल पनि युवाहरूको ढुकढुकी भएकाले काठमान्डु गोर्खाजसँग जोडिएको बताए ।

काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रूपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरमा शिखर इन्स्योरेन्स, ड्रिंक पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिंकसँग प्रायोजन सम्झौता गरिसकेको छ । अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन भएको छ। सिलहट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजशाही वारियर्ससँगको खेल सुरु हुनु केही समयअघि मैदानमा ढलेका उनको हट एट्याकका कारण निधन भएको जनाइएको छ। ५९ वर्षीय जाकी खेलाडीको वामअपको समयमा मैदानमा बेहोस भएका थिए। उनी ढलेलगत्तै ढाका क्यापिटल्सका मेडिकल टिमले ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको महिला तर्फको पहिलो खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटले हराएको छ। आर्मीले २५–१६, २५–१२ र २५–९ले चुली युवा क्लबलाई हराएको हो। आर्मीले पहिलो खेलमा एभरेस्ट महिला क्लबलाई हराएको थियो। आजको महिला तर्फको दोस्रो खेल ...
— लयमा फर्केको युभेन्ट्सले शनिबार पिसालाई २–० पराजित गर्दै इटालीको सिरी ए को तेस्रो स्थानमा उक्लेको छ । यस जितसँगै युभेन्ट्स उपाधि होडमा पनि सामेल भएको छ । पहिलो हाफको गोलरहित बराबरीपछि युभेन्ट्सले खेलको अन्त्यतिर दुई गोल गरेको हो । पिएरे कालुलुले ७३ औं मिनेटमा पहिलो गोल गरेपछि केनन यिल्डिजले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल ...
— ओली वाटकिन्सले वेञ्चबाट मैदानमा प्रवेश गर्दै गरेका दुई गोलको मद्दतले एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–१ ले पराजित गरेको छ । यस जितले भिल्लाको अप्रत्यासित उपाधिमाथिको दावेदारी अझ बलियो भएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा भिल्लाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । वाट्किन्सले ६३ औं मिनेटमा पहिलो गोल ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ को पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले जित निकालेका छन्। महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ क्लबलाई हराउँदै हेल्प नेपाल स्पोट्स क्लबले विजयी सुरुवात गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश खेलकुदलाई ३-० को सोझो ...