मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश अमेरिकीहरूलाई प्रतिव्यक्ति कम्तीमा २,००० डलरको ‘ट्यारिफ लाभांश’ दिने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश अमेरिकीहरूलाई प्रतिव्यक्ति कम्तीमा २,००० डलरको ‘ट्यारिफ लाभांश’ दिने घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश अमेरिकीहरूलाई प्रतिव्यक्ति कम्तीमा २,००० डलरको ‘ट्यारिफ लाभांश’ दिने घोषणा गरेका छन्।

उनले विश्वव्यापी रूपमा लगाएको करबाट प्राप्त हुने राजस्वबाट उक्त लाभांश बाँड्ने जनाएका हुन्। उनले सामाजिक प्लेटफर्म ट्रुथ सोसलमार्फत उच्च आय भएका व्यक्तिहरूबाहेक सबैलाई प्रतिव्यक्ति कम्तीमा २००० डलर लाभांश दिने घोषणा आइतबार गरेका हुन्।

ट्रम्पले यस्तो घोषणा पहिलो पटक गरेका भने होइन। उनको प्रशासनले पहिले नै ट्यारिफ संकलनसँग सम्बन्धित छुटको अवधारणाबारे छलफल गरिसकेको जनाइएको छ। उनले थपे, ‘हामीले ट्रिलियन डलर लिइरहेका छौं र चाँडै नै हाम्रो विशाल ऋण ४३७ ट्रिलियन तिर्न सुरु गर्नेछौं, जुन संयुक्त राज्य अमेरिकामा भएका लगानी हुन्। यहाँ सबै ठाउँमा प्लान्ट र कारखानाहरू बढ्दै छन्।’

यद्यपि, यस्तो योजना लागू हुनका लागि कंग्रेसको स्वीकृति आवश्यक पर्नेछ। विश्लेषकहरूले भने ट्यारिफबाट उपलब्ध हुने वास्तविक पैसा कम हुन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न सैन्य कारबाहीमा २१ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले आइतबार जारी गरेको जानकारीअनुसार सेप्टेम्बर ३ देखि ५ सम्म खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो। सेनाका अनुसार सुरक्षा बल र आतंकवादीबीच भएका छुट्टाछुट्टै ...
। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, ...
। चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको र ५१९ जना सम्पर्कविहीन छन्। पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति भएको छ। पाँच हजार बढी अझै सम्पर्कविहीन छन्। ...
। खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली निकालेका छन् । प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ । विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना दूत रुस पुगेका छन् । रुस र युक्रेनबीच जारी युद्ध रोक्ने उद्देश्यले हुने वार्ताअघि ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुसनर शनिबार रुस पुगेका हुन् । रुसमा उनीहरूले केही शीर्ष रसियन नेतासँग कुराकानी गरेर त्यसपछि युक्रेनको राजधानी किभ जाने भनिएको छ । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र ...