: धादिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
थाक्रे गाउँपालिका-३ अमर्खुस्थित सडकमा अमर्खुबाट महादेववेशीतर्फ जाँदै गरेको लु ६ प ९०३४ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ लामागाउँ बस्ने ५५ वर्षीया इन्दिरा अर्यालको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको साईबाबा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।