मुख्य समाचार
भुटान पुगेर मोदीले भने-दिल्ली विष्फोट घटनाका दोषी जोसुकै हुन्,छोडिदैन
भुटान पुगेर मोदीले भने-दिल्ली विष्फोट घटनाका दोषी जोसुकै हुन्,छोडिदैन

: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली विष्फोट घटनाका दोषी जोसुकै भएपनि नछोड्ने बताएका छन्। दुई दिने औपचारिक भ्रमणका लागि भुटान पुगेका प्रधानमन्त्री मोदीले षडयन्त्रकारीहरूलाई नछोड्ने बताएका हुन्।

प्रधानमन्त्री मोदीले आफू धेरै भारी मन लिएर भुटान आएको बताए। उनले भने ,'हिजो साँझ दिल्लीमा भएको भयानक घटनाले सबैलाई दु:खी बनाएको छ। म प्रभावित परिवारहरूको पीडा बुझ्छु। आज सम्पूर्ण देश उनीहरूको साथमा उभिएको छ।'


'म यो घटनाको अनुसन्धान गर्ने सबै एजेन्सीहरूसँग, सबै महत्त्वपूर्ण व्यक्तिहरूसँग, रातभर सम्पर्कमा थिएँ। छलफलहरू चलिरहेका छन्। परिमाणहरू जुटिरहेका छन् ,' प्रधानमन्त्री मोदीले भने, 'हाम्रा एजेन्सीहरू यस षड्यन्त्रको तल्लो तहसम्म पुग्नेछन्। यसको पछाडि षड्यन्त्रकारीहरूलाई छोडिने छैन।'

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले पनि विष्फोट घटनाको सुक्ष्म अध्ययन गरिने र दोषीलाई नछोड्ने बताएका छन्। सोमबार साँझ दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै कारमा विस्फोट हुँदा करिब ९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न सैन्य कारबाहीमा २१ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले आइतबार जारी गरेको जानकारीअनुसार सेप्टेम्बर ३ देखि ५ सम्म खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो। सेनाका अनुसार सुरक्षा बल र आतंकवादीबीच भएका छुट्टाछुट्टै ...
। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, ...
। चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको र ५१९ जना सम्पर्कविहीन छन्। पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति भएको छ। पाँच हजार बढी अझै सम्पर्कविहीन छन्। ...
। खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली निकालेका छन् । प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ । विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना दूत रुस पुगेका छन् । रुस र युक्रेनबीच जारी युद्ध रोक्ने उद्देश्यले हुने वार्ताअघि ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुसनर शनिबार रुस पुगेका हुन् । रुसमा उनीहरूले केही शीर्ष रसियन नेतासँग कुराकानी गरेर त्यसपछि युक्रेनको राजधानी किभ जाने भनिएको छ । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र ...