मुख्य समाचार
सरकारले एमसीए-नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारणलाइनका लागि विभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँ-बायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध
सरकारले एमसीए-नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारणलाइनका लागि विभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँ-बायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध

: सरकारले एमसीए-नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारणलाइनका लागि विभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँ-बायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले एमसीए-नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारणलाइनका लागि नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुरमा पर्ने विद्युत् प्रसारणलाइनको मध्यरेखाबाट २३-२३ मिटर दायाँ र बायाँमा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय भएको जानकारी दिए।


बैठकले ऊर्जा मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ।

त्यसैगरी बैठकले स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बारकोटीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता खरेलले बताए। प्रवक्ता खरेलले कानुन विधिअनुसार प्रभावकारी रूपमा काम गर्न सक्ने योग्यहरूबाट प्रहरी महानिरीक्षक चयन गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जुवा खेलिरहेका २२ जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ लंकोट बस्ने ४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दिवाकर समेत २२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ५३ हजार रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान ...
: बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। बारागढी गाउँपालिका-२ बिसनपुर्वास्थित सडकमा बा ४४ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय छठु चौधरीको मंगलबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक ...
: मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो नियुक्ति र शपथ संवैधानिक भएको दावी गरेका छ्न् । उनले प्रदेशसभाबाट विश्वासको मत मागिसकेको मुख्यमन्त्रीले मत विभाजनको घण्टी बजेपछि राजीनामा घोषणा गर्नु र विश्वासको मत पाउन नसक्नुले नै ठूलो दलको हैसियतमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले मुख्यमन्त्री नियुक्त गर्नु तथा शपथ गराउनु संवैधानिक भएको बताएका हुन् ...
: विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपाएमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन गरेको छ । मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकाहरूमा मोटरसाइकल र्‍यालीका साथै नारा जुलुससहित र्‍यालीको समेत आयोजना गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो । यसैक्रममा एमाले ...
: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५औं महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित भएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको महाधिवेशनको कार्यतालिकाको सन्दर्भमा सदस्यहरूको फरक फरक धारणा आएको हो। महाधिवेशनका विषयमा एकमत हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ। मंगलबार बसेको बैठकपछि कांग्रेस नेता राजेन्द्रकुमार केसीले महाधिवशेनका साथै पछिल्लो ...