मुख्य समाचार
आगामी १२० दिन भित्रमा ए डिभिजन लिग गर्ने प्रस्ताव अघि सारिएको छ
आगामी १२० दिन भित्रमा ए डिभिजन लिग गर्ने प्रस्ताव अघि सारिएको छ

: आगामी १२० दिन भित्रमा ए डिभिजन लिग गर्ने प्रस्ताव अघि सारिएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा), खेलाडी संघ र क्लबहरूसँगको मन्त्रालयको बैठकमा उक्त प्रस्ताव गरिएको हो।

युवा तथा खेलकुद मन्त्रालयमा ५ वटा क्लब, खेलाडी संघ र एन्फाबीच भएको छलफलबाट डबल राउन्ड रोबिन फर्म्याटको लिगमा खेल हुने गरी प्रस्ताव गरिएको छ।

खेलाडी संघको अध्यक्ष विक्रम लामा लगायतले लिग नियमित हुनुपर्ने माग गर्दा क्लबहरुले यो सिजनका लागि होम एण्ड अवेको अवधारणा गर्न नसकिने तर डबल राउण्ड रोबिनको फर्म्याटमा लिग गर्ने प्रस्ताव अघि सारे।


एन्फाबाट अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई उपस्थित थिए। उनले क्लबहरू तयार भए आफूहरू पनि लिग गर्न तयार रहेको बताए। उनले भने, ‘क्लबहरु तयार भएमा लिग गर्न तयार छौं।’

क्लबहरुले ए डिभिजन लिग गर्न खेलाडी तयार गर्न आफूहरूलाई समय चाहिने बताएका छन्। यस विषयमा भोलि पुनः ए डिभिजन क्लबहरूसँग मन्त्री बब्लु गुप्ताले छलफलको लागि बसि ए डिभिजन लिगको मिति तय हुने आजको छलफलको निष्कर्ष रह्यो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...