मुख्य समाचार
नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चाबाट अलग भएको घोषणा
नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चाबाट अलग भएको घोषणा

। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् । उनले बुधबार वक्तव्य जारी गरेर चार दलीय समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् ।

जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको विप्लवको निष्कर्ष छ । ‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ,’ वक्तव्यमा भनिएको छ, ‘सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ ।’


नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा गरी चार पार्टी सहभागी भएर २०८० सालमा समाजवादी मोर्चाको निर्माण भएको थियो । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजिविकाको पक्ष वकालत गर्ने र भ्रष्टाचारविरुद्ध संघर्षको पहल गर्ने उद्देश्यले मोर्चा गठन भएको नेताहरूको भनाइ थियो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले पार्टी एकता घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपाबाट अलग भएको चिरन सी नेतृत्वको समूह पनि एकता प्रक्रियामा सहभागी छ ।


मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरू गरे पनि समयको मागअनुसार रफ्तारमा कामहरू अघि बढाउन सम्भव नभएको विप्लवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्पतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता कार्य तत्काल सुरु गर्न माग गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर रास्वपाले यस्तो माग गरेको हो । ‘ठूलो संख्यामा नेपाली नवयुवाहरू विदेशमा रहनुभएकाले विदेशमा रहनुभएका योग्यता पुगेको नेपालीहरूको हकमा राष्ट्रिय परिचय पत्रका आधारमा वा स‍म्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्ने तत्काल ...
फागुन २१ का लागि घोषित निर्वाचनको समय घट्दै जाँदा चुनावी चासो र चिन्ता बढ्न थाले
। विभिन्न माग राखी मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन अवरोध गरेका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकार र मेलम्ची संघर्ष समितिका प्रतिनिधिसहितको वार्तामा मंगलबार राति १५ बुँदे सहमति भएपछि पानी अवरोध अन्त्य गर्न स्थानीय सहमत भएका हुन् । ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर ...
। चुनावको प्रचारप्रसारका क्रममा भएको भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने भएको छ । यो विषयलाई निर्वाचन आचारसंहितामा राखिँदैछ । निर्वाचन आयोग आगामी फागुन २१ को चुनावका लागि आचारसंहिता निर्माणमा जुटेको छ । जसमा चुनावको प्रचारप्रसारमा भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने विषय आएको छ । प्रारम्भिक आचारसंहिता अनुसार ‘सभा, जुलुस, ...
। गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा २ हजार १३९ घटना भएकामा यस वर्ष एक हजार ४५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष ४९५ जनाको निधन भएकामा यस वर्ष १४० जनाको ज्यान भएको छ ...