मुख्य समाचार
चुनावको प्रचारप्रसारका क्रममा भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने
चुनावको प्रचारप्रसारका क्रममा भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने

। चुनावको प्रचारप्रसारका क्रममा भएको भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने भएको छ । यो विषयलाई निर्वाचन आचारसंहितामा राखिँदैछ ।

निर्वाचन आयोग आगामी फागुन २१ को चुनावका लागि आचारसंहिता निर्माणमा जुटेको छ । जसमा चुनावको प्रचारप्रसारमा भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने विषय आएको छ ।

प्रारम्भिक आचारसंहिता अनुसार ‘सभा, जुलुस, र्‍याली वा घरदैलो जस्ता निर्वाचन प्रचारप्रसारका कार्यक्रम सकिए पश्चात सम्बन्धित दल तथा उम्मेदवारले प्रयोग गरेका सामाग्रीहरू अनिवार्यरुपमा संकलन गरी वातावरणमैत्री तवरले उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ।’

राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल वा दलको भातृसंगठनले यस्तो आचरणको पालना गर्नुपर्ने हुन्छ । अन्यथा, आचारसंहिता उल्ंघन गरेको ठहरिनेछ ।

आचारसंहितामा हरित निर्वाचन (ग्रिन ईलेक्सन)सम्बन्धी आचरण हुनुपर्ने लगायतका विषय पनि राखिँदैछ ।

उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधिले वतावरणमैत्री र प्रदुषण नियन्त्रणमा योगदान पुर्‍याउनुपर्ने भनिएको छ । निर्वाचन प्रचारप्रसार गर्दा पनि वतावरणमैत्री हुनुपर्छ ।

निर्वाचन प्रचारप्रसार, सभा, जुलुस, र्‍याली बा घरदैलो कार्यक्रम गर्दा पनि वातावरणमैत्री सामाग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । निर्वाचन प्रचारप्रसार गर्दा डिजिटल प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।

निर्वाचन प्रचारप्रसार सभा जुलुस वा र्‍यालीमा ध्वनिप्रदुषण, जलप्रदुषण वा वायुप्रदुषण लगायतका प्रदुषण न्यून गर्ने उपाय अवलम्वन गर्नुपर्छ ।

निर्वाचनमा मतदातालाई हरित निर्वाचनलाई सहयोग पुग्नेगरी वातावरणमैत्री कार्यक्रमहरू सञ्चालत गर्न प्रोत्साहन गर्नुपर्ने विषयलाई आचरण अन्तर्गत राखिएको छ ।

निर्वाचन प्रचारप्रसार सभा जुलुस, र्‍याली वा घरदैलो कार्यक्रम गर्दा पलाष्टिक वा पोलिथिन जस्ता अजैविक सामाग्रीको प्रयोग गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारका कार्यक्रममा सवारी साधन प्रयोग गर्दा ईलेक्ट्रिक वा नविकरणीय उर्जाबाट सञ्चालन हुने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।

सभा जुलुस वा र्‍याली जस्ता कार्यक्रम गर्दा वातावरणमा हानिकारक असर नपर्नेगरी वातावरणमैत्री तवरले गर्नुपर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्पतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता कार्य तत्काल सुरु गर्न माग गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर रास्वपाले यस्तो माग गरेको हो । ‘ठूलो संख्यामा नेपाली नवयुवाहरू विदेशमा रहनुभएकाले विदेशमा रहनुभएका योग्यता पुगेको नेपालीहरूको हकमा राष्ट्रिय परिचय पत्रका आधारमा वा स‍म्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्ने तत्काल ...
फागुन २१ का लागि घोषित निर्वाचनको समय घट्दै जाँदा चुनावी चासो र चिन्ता बढ्न थाले
। विभिन्न माग राखी मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन अवरोध गरेका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकार र मेलम्ची संघर्ष समितिका प्रतिनिधिसहितको वार्तामा मंगलबार राति १५ बुँदे सहमति भएपछि पानी अवरोध अन्त्य गर्न स्थानीय सहमत भएका हुन् । ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर ...
। गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा २ हजार १३९ घटना भएकामा यस वर्ष एक हजार ४५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष ४९५ जनाको निधन भएकामा यस वर्ष १४० जनाको ज्यान भएको छ ...
। कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायाधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दाबी गरेका छन् । नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचन: चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो दाबी गरेका छन् । आफू संविधान पढेर नै मन्त्री बन्न गएको बताउँदै उनले कार्यक्रममा सहभागी एमाले नेता अग्नी खरेलले पूर्वन्यायाधीश ...