मुख्य समाचार
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालले १३८ मुलुकसँग अन्तर्राष्ट्रिय व्यापार
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालले १३८ मुलुकसँग अन्तर्राष्ट्रिय व्यापार

। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालले १३८ मुलुकसँग अन्तर्राष्ट्रिय व्यापार गरेको तथ्यांक छ ।

यी मुलुकबाट आयात ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबर भएको छ भने वस्तु निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको भएको छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी)का अनुसार निर्यातको ९०.८८ प्रतिशत हिस्सा चार मुलुकसँग मात्रै केन्द्रित देखिएको छ ।


यस अवधिमा नेपालबाट भारतमा मात्र ५९ अर्ब १३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन कुल निर्यात व्यापारको ८१.२४ प्रतिशत हो । दोस्रो स्थानमा अमेरिका छ ।

नेपालबाट अमेरिका ४ अर्ब ८१ करोडको वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ६.६१ प्रतिशत मात्र हुन आउँछ । तेस्रो स्थानमा जर्मनी छ । यहाँ १ अर्ब २८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । जुन १.७६ प्रतिशत हिस्सा हो ।

चौथो स्थानमा रहेको बेलायतमा ९३ करोडको वस्तु निर्यात भएको छ । जुन १.२७ प्रतिशत हिस्सा हो । यसरी चार मुलुकमा भएको निर्यातले कुल निर्यात व्यापारको ९० प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने गरेको केन्द्रको तथ्यांकले देखाएको छ ।

नेपालले धेरै वस्तु आयात गर्ने दुई मुलुक भारत र चीन हुन् । निर्यातमा भने चीन पहिलो १० मुलुकमा समेत अटाएको छैन । यो अवधिमा चीनमा १९ करोडको मात्र वस्तु निर्यात भएको तथयांक छ ।

साउनसम्म नेपालबाट हुने निर्यात ८९.६४ प्रतिशतले बढेको छ। यो अवधिमा निर्यात भएका प्रमुख वस्तुमा सोयाबिन तेल, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, पामतेल, सूर्यमूखी तेल, जुट तथा जुटका सामान, ऊनी फेल्टका उत्पादन, जुस, चिया, फलाम तथा फलामका उत्पादन, प्लाइउड, अलैँची, पश्मिना सल, पिना, चाउचाउ, जुत्ता, चप्पल, कत्था, सिमेन्ट, कपडा, कुकुर बिरालाका आहारा, जडिबुटी र नेपाली हाते कागज प्रमुख छन् ।

यो अवधिमा फलाम र त्यसका उत्पादनको निर्यातमा ७०.१४ प्रतिशतले कमी आई १ अर्ब ३६ लाखमा सीमित भएको देखिन्छ । यार्नको निर्यात ४.५१ प्रतिशतले बढेर ३ अर्ब ४१ करोड पुगेको छ । ऊनी गलैंचाको निर्यात ९.७६ प्रतिशतले घटेर २ अर्ब ५८ करोडमा झरेको छ ।

तयारी पोशाकको निर्यात १०.७५ प्रतिशत घटेर २ अर्ब ५१ करोडमा सीमित भएको छ । प्लाइउडको निर्यात ६४.१४ प्रतिशतले घटेर ७७ करोड १४ लाखमा झरेको छ । जुट र जुटका उत्पादनको निर्यात भने ५६.४२ प्रतिशतले बढेर २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

ऊनी फेल्टको निर्यात ५.९१ प्रतिशतले बढेर १ अर्ब ७८ करोड पुगेको छ । जुसको निर्यात १६.४३ प्रतिशतले बढेर २ अर्ब ७ करोड पुगेको तथ्यांक छ । सोयाबिन तेलको निर्यातमा भारी वृद्धि भई ३० अर्ब ७० करोड पुगेको छ । पामतेलको निर्यात २ अर्ब १४ करोड पुगेको छ ।

सूर्यमुखी तेलको निर्यात समेत २ अर्ब १४ करोड रुपैयाँ बराबरको भएको छ । यी तीन वस्तुको निर्यातको हिस्सा कुल निर्यातमा ४७.७ प्रतिशत पुगेको छ । कृषिजन्य वस्तुको निर्यातमा अलैँचीको निर्यात ३३.०५ प्रतिशतले बढेर १ अर्ब ६८ करोड पुगेको छ । चियाको निर्यात ४०.५७ प्रतिशतले घटेर १ अर्ब ११ करोडमा सीमित देखिन्छ । अदुवाको निर्यात २३.२४ प्रतिशतले घटेर १८ करोड ७ लाखमा सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम