मुख्य समाचार
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालले १३८ मुलुकसँग अन्तर्राष्ट्रिय व्यापार
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालले १३८ मुलुकसँग अन्तर्राष्ट्रिय व्यापार

। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालले १३८ मुलुकसँग अन्तर्राष्ट्रिय व्यापार गरेको तथ्यांक छ ।

यी मुलुकबाट आयात ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबर भएको छ भने वस्तु निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको भएको छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी)का अनुसार निर्यातको ९०.८८ प्रतिशत हिस्सा चार मुलुकसँग मात्रै केन्द्रित देखिएको छ ।


यस अवधिमा नेपालबाट भारतमा मात्र ५९ अर्ब १३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन कुल निर्यात व्यापारको ८१.२४ प्रतिशत हो । दोस्रो स्थानमा अमेरिका छ ।

नेपालबाट अमेरिका ४ अर्ब ८१ करोडको वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ६.६१ प्रतिशत मात्र हुन आउँछ । तेस्रो स्थानमा जर्मनी छ । यहाँ १ अर्ब २८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । जुन १.७६ प्रतिशत हिस्सा हो ।

चौथो स्थानमा रहेको बेलायतमा ९३ करोडको वस्तु निर्यात भएको छ । जुन १.२७ प्रतिशत हिस्सा हो । यसरी चार मुलुकमा भएको निर्यातले कुल निर्यात व्यापारको ९० प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने गरेको केन्द्रको तथ्यांकले देखाएको छ ।

नेपालले धेरै वस्तु आयात गर्ने दुई मुलुक भारत र चीन हुन् । निर्यातमा भने चीन पहिलो १० मुलुकमा समेत अटाएको छैन । यो अवधिमा चीनमा १९ करोडको मात्र वस्तु निर्यात भएको तथयांक छ ।

साउनसम्म नेपालबाट हुने निर्यात ८९.६४ प्रतिशतले बढेको छ। यो अवधिमा निर्यात भएका प्रमुख वस्तुमा सोयाबिन तेल, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, पामतेल, सूर्यमूखी तेल, जुट तथा जुटका सामान, ऊनी फेल्टका उत्पादन, जुस, चिया, फलाम तथा फलामका उत्पादन, प्लाइउड, अलैँची, पश्मिना सल, पिना, चाउचाउ, जुत्ता, चप्पल, कत्था, सिमेन्ट, कपडा, कुकुर बिरालाका आहारा, जडिबुटी र नेपाली हाते कागज प्रमुख छन् ।

यो अवधिमा फलाम र त्यसका उत्पादनको निर्यातमा ७०.१४ प्रतिशतले कमी आई १ अर्ब ३६ लाखमा सीमित भएको देखिन्छ । यार्नको निर्यात ४.५१ प्रतिशतले बढेर ३ अर्ब ४१ करोड पुगेको छ । ऊनी गलैंचाको निर्यात ९.७६ प्रतिशतले घटेर २ अर्ब ५८ करोडमा झरेको छ ।

तयारी पोशाकको निर्यात १०.७५ प्रतिशत घटेर २ अर्ब ५१ करोडमा सीमित भएको छ । प्लाइउडको निर्यात ६४.१४ प्रतिशतले घटेर ७७ करोड १४ लाखमा झरेको छ । जुट र जुटका उत्पादनको निर्यात भने ५६.४२ प्रतिशतले बढेर २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

ऊनी फेल्टको निर्यात ५.९१ प्रतिशतले बढेर १ अर्ब ७८ करोड पुगेको छ । जुसको निर्यात १६.४३ प्रतिशतले बढेर २ अर्ब ७ करोड पुगेको तथ्यांक छ । सोयाबिन तेलको निर्यातमा भारी वृद्धि भई ३० अर्ब ७० करोड पुगेको छ । पामतेलको निर्यात २ अर्ब १४ करोड पुगेको छ ।

सूर्यमुखी तेलको निर्यात समेत २ अर्ब १४ करोड रुपैयाँ बराबरको भएको छ । यी तीन वस्तुको निर्यातको हिस्सा कुल निर्यातमा ४७.७ प्रतिशत पुगेको छ । कृषिजन्य वस्तुको निर्यातमा अलैँचीको निर्यात ३३.०५ प्रतिशतले बढेर १ अर्ब ६८ करोड पुगेको छ । चियाको निर्यात ४०.५७ प्रतिशतले घटेर १ अर्ब ११ करोडमा सीमित देखिन्छ । अदुवाको निर्यात २३.२४ प्रतिशतले घटेर १८ करोड ७ लाखमा सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ...
पालमा सञ्चालित उद्योग आधाभन्दा कम क्षमता उपयोगमा सञ्चालन भइरहेको राष्ट्र बैंकको आर्थिक गतिविधि प्रतिवेदनले औंल्याएको छ ।
— धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको ...
— सातामा दुई दिन सोमबार र शुक्रबार काठमाडाैं-ताप्लेजुङ उडान गर्दै आएको नेपाल वायुसेवा निगमले अब बुधबार पनि उडान गर्ने भएको छ। यात्रुको चाप हेरेर सुकेटार विमानस्थलमा उडान थप गरिएको निमगको ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए । निगमसँग अहिले दुई वटा ट्विनअटर जहाज चालु अवस्थामा भएकाले पनि निमगलाई उडान थप्न सहज भएको उनले बताए। अब ...
: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेका सर्वपक्षीय राष्ट्रिय संवादमा अध्यक्ष ढकालले समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय अझै पनि ओझेलमा परेको र निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको ...