मुख्य समाचार
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे आगामी आइतबार नै आफ्नो प्रारम्भिक दृष्टिकोण दिने
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे आगामी आइतबार नै आफ्नो प्रारम्भिक दृष्टिकोण दिने

। सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे आगामी आइतबार नै आफ्नो प्रारम्भिक दृष्टिकोण दिने भएको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मुख्यमन्त्री यादवविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेवारे ३० कात्तिकमा दुवै पक्षलाई छलफलका लागि झिकाएको हो । यदि सर्वोच्च अदालतले नियुक्तीलाई प्रारम्भिक रुपमा कैफियतयुक्त देखेमा दीर्घकालिन महत्व राख्ने प्रकृतिका निर्णयहरू नगर्नु भनी आदेश दिन सक्नेछ ।

गत मंगलबार सर्वोच्च अदालतले यस्तै आदेश दिएको थियो । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘सुविधा सन्तुलनको दृष्टि’ भन्दै मुख्यमन्त्री र मन्त्रिपरिषदलाई ‘मधेश प्रदेशलाई दीर्घकालिन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नू/नगराउनू’ भनी आदेश दिएको थियो ।

सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी कागजात लगायतका निर्णयहरूसमेत आगामी आईतबारको सुनुवाइमा पेश गर्न आदेश दिएको छ ।

कृष्णप्रसाद यादवसहित मधेश प्रदेका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश पाण्डेयको इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि झिकाएको हो ।

७४ जना सांसदहरूले मुख्यमन्त्री सरोज यादवलाई कुनै काम कारवाही नगर्न/नगराउन आदेश माग गर्दै निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनाललाई नै निरन्तरता दिन माग गरेका थिए । आगामी आइतबार संयुक्त इजलासमा रहने दुई न्यायाधीशले प्रारम्भिक रुपमा नै सरकार गठन प्रक्रियामा कैफियत रहेको देखेमा ‘दीर्घकालिन असर गर्ने कुनै काम नगर्नू भनी’ अन्तरिम आदेश जारी गर्न सक्नेछन् । जसको प्रारम्भिक संकेत मंगलबारको आदेशमा स्पष्ट देखिन्छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गतसाता संविधानको धारा १६८(३) अनुसार एमाले संसदिय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनालको राजिनामापछि नयाँ सरकार गठनको प्रयासमा लागेका सात दलका नेताहरू उनको कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका थिए । आफूले कानूनविद्हरूसँग छलफल गरेको भन्दै आफू संविधानको भावना अनुसार अघि बढ्ने र त्यसका लागि एक/दुई दिन लाग्ने बताएकी थिइन् ।

त्यही साँझ उनी बिरामी भएकाले काठमाडौं जानुपरेको भनी मुख्यमन्त्री सोनाललाई जानकारी दिइन् । सोनालले उनलाई फूल दिएर स्वास्थ्यलाभको कामनासहित बिदा गरे । अनि महोत्तरीको बर्दिबासस्थिति होटेल पानसमा गएर एमाले संसदीय दलका नेता यादवलाई शपथग्रहण गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार उनले प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् । उनी नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीलाई लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको थियो । यही कात्तिक २६ गते राति १२ बजेबाट खापुङ अनिवार्य ...
। नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले महामन्त्री गगनकुमार थापालाई विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्न खोजिएको आशंका गरेका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार राख्दै उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरको सनाखत गर्ने जिम्मेवारी महामन्त्री थापाले पनि लिनुपर्ने भन्दै संगठन कब्जा गर्न खोजेको त होइन भनेर प्रश्न गरे । ‘५४ प्रतिशत महाधिवेसन प्रतिनिधिको हस्ताक्षर सनाखत ...
। नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल औपचारिक रुपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । आज सात बुँदे सहमति गरेर रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव ...
। सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरमा दुई वटा मोटरसाइकलसँग मालबाहक ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुधबार दिउँसो मदन भण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको नाप्र१–०२–००२ ख ४११ ट्रक र विपरीत दिशाबाट आएका नाप्र२–०१–००१ प २१४२ र मप्र०२–००६ प ५८४१ को दुईवटा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ...
। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले धरहरा बनाएको जिम्मा लिने सरकारले आन्दोलनमा गोली कसले चलायो थाहा छैन भन्न नमिल्ने बताएका छन् । बुधबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘भदौ २३ गते १९ जना मान्छे मार्नेगरी गोली चलाइयो, त्यो कुरा गलत हो । त्यो जसले गरेको पनि, एमाले सरकारले गरेको पनि सरकार दोषी हुन्छ ...