मुख्य समाचार
आत्महत्या गर्न सिकाएको आरोपमा च्याट जिपिटीविरुद्ध मुद्दा
आत्महत्या गर्न सिकाएको आरोपमा च्याट जिपिटीविरुद्ध मुद्दा

कृत्रिम बुद्धिमत्ता अर्थात प्रविधिमा आधारित लोकप्रिय च्याटबोट च्याट जिपिटी हाम्रो जिज्ञासा मेटाउने तथा शैक्षिक र व्यवसायिक काममा सहयोग पुर्‍याउने निकै उपयोगी प्लाटफर्म बनिरहेको छ । तर, पछिल्लोपटक यो च्याटबोट गम्भीर विवादमा तानिएको छ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा यसको विरुद्धमा कैयौं मुद्दा दायर भएका छन्। ती मुद्दामा च्याट जिपिटीलाई मानसिक रूपले कमजोर व्यक्तिलाई आत्महत्या गर्न उक्साउने आत्महत्या प्रशिक्षकको रुपमा काम गरेको आरोप लागेको छ ।


मिडिया रिपोर्टहरूका अनुसार, गत एक हप्तामा त्यहाँ च्याट जिपिटीविरुद्ध सातवटा छुट्टाछुट्टै मुद्दा दायर भएका छन्।

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआइले आफ्नो प्रडक्टको जिम्मेवारीपूर्ण प्रयोगमा लापरवाही गरेको र मानिसको जीवनसँग खेलबाड गर्न सक्ने खतरालाई रोक्न असफल भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको हो ।

दुई संवेदनशील घटना

पहिलो घटना १७ वर्षीय एमूरी लेस नामक किशोरसँग सम्बन्धित छ। उनले च्याट जिपिटीसँग आत्महत्या कसरी गर्ने भन्ने विषयमा प्रश्नहरू सोधे । उनले फाँसी कसरी लगाउने ? र कति समयसम्म सास लिन सकिन्छ? भन्नेजस्ता प्रश्न सोधेका थिए ।

त्यस्तै दोस्रो घटना टेक्सासमा भएको हो। जहाँ २३ वर्षीय एक विद्यार्थीले आफ्नो कारभित्र बन्दुक, सुसाइड नोट र केही सामान राखेर आत्महत्या गरे।

अनुसन्धानका क्रममा उनले मृत्यु अघि च्याट जिपिटीसँग चार घण्टा लामो कुराकानी गरेको खुलासा भएको थियो ।

च्याट जिपिटीविरुद्ध मुद्दा हाल्ने वकिलका अनुसार च्याटबोटले ती युवकलाई सान्त्वना दिने क्रममा ‘म तिमीलाई माया गर्छु राजा’, र तिमी ठीक छौ” जस्ता वाक्यहरू प्रयोग गरेको थियो, जसले उनलाई आत्महत्याको निर्णयमा पुग्नका लागि सघायो ।

सुधारको बाचा

आत्महत्याका लागि उक्साएको भन्ने गम्भीर आरोपपछि ओपन एआइले आफ्नो प्रणालीमा सुधार गर्न लागिरहेको जनाएको छ ।

निकट भविष्यमै किशोर किशोरीहरुका लागि विशेष फिचर, प्यारेन्टल कन्ट्रोल तथा आपतकालीन सहायता नम्बर जस्ता सुविधाहरू ल्याउने तयारी च्याट जिपिटीले गरेको छ। तर यी सुविधा कहिलेबाट लागू हुने भन्नेबारे कुनै टाइमलाइन सार्वजनिक गरिएको छैन ।

च्याट जिपिटीमाथि लागेको यस्तो आरोपले पुनः एकपटक एआइको जिम्मेवारी र नैतिक सीमाबारेको बहसलाई तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम