मुख्य समाचार
अभिनेत्री निशा अधिकारीले औपचारिकरुपमा राजनीतिक यात्रा
अभिनेत्री निशा अधिकारीले औपचारिकरुपमा राजनीतिक यात्रा

। अभिनेत्री निशा अधिकारीले औपचारिकरुपमा राजनीतिक यात्रा थालेकी छन् । २४ कात्तिकमा उनको दल ‘गतिशिल लोकतान्त्रिक पार्टी’ ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

उक्त दलको केन्द्रिय सदस्यमा निशा छिन् । करिअरमा ३० भन्दा धेरै चर्चित फिल्ममा अभिनय गरेकी निशाको यो जीवनको ‘दोस्रो इनिङ्स’ हो ।

चलचित्र अभिनेत्रीबाट राजनीतिक नेतृ बनेकी निशाले आफूले अबको १० वर्ष देशको लागि समर्पित गर्ने बताइन् ।

‘अबको १० वर्ष देशको लागि दिनेछु’ अनलाइनखबरसँग निशाले भनिन्, ‘अब राजनीतिक यात्रा अघि बढाउँछु भन्ने सोच्दा सोच्दै गतिशिल पार्टीसँग आबद्ध भएँ ।’

मुलुकको राजनीतिक उतारचढावलाई नजिकबाट नियालेकी निशाले स्नातक र स्नातकोत्तर अध्ययन पनि राजनीति शाष्त्रमा गरेकी हुन् । एमफिल पनि ‘द्वन्द्व र शान्ति’ विषयमा गरिरहेकी छिन् ।

दरबार हत्याकाण्ड हुँदा जर्मनीबाट भर्खर नेपाल आएकी निशा त्यतिबेला ८ कक्षामा पढथिन् । त्यसपछि सशष्त्र द्वन्द्वसहितका राजनीतिक घटनाक्रमलाई नजिकबाट देखेको बताउने उनी कोभिडको समयमा ‘इनफ इज इनफ’ नामक सडक प्रदर्शनमा पनि सहभागी भइन् ।

‘त्यसबेला देखि मैले सोसल मिडियामा पनि लेख्न र बोल्न थालेकी हुँ’ उनी भन्छिन्, ‘तीनकुने घटनाले झनै म सक्ड भएँ । त्यसपछि के निधोमा पुगेँ भन्दा राजनीतिक गतिविधिको निष्कर्ष राजनीतिक ठाउँबाटै हुनुपर्ने रहेछ भन्ने लाग्यो ।’

‘गतिशिल लोकतान्त्रिक पार्टी’ ले २०८४ सालको चुनावको लागि तयारी गरिरहँदा आफू जोडिन पाएको र दुई महिनादेखि जेनजी टिमसँगको निरन्तर भेटघाट गरिरहेको उनले बताइन् ।

उनले अब राजनीतिक र कलाकारितालाई सँगै अघि बढाउने विचार गरेकी छन् । उनले हालै रेखा थापासँगको फिल्म ‘३६ को आँकडा’को छायांकन सकिन् । उनले अर्को फिल्म ‘कस्तुरी’ पनि साइन गरेकी थिइन् ।

पार्टीको काम गर्दै फिल्म र अध्ययन कार्यलाई पनि अघि बढाउने निशाको योजना छ । ‘मिसन पैसा’बाट घरेलु फिल्ममा डेब्यू गरेकी निशाले ३० भन्दा धेरै हिट फिल्ममा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार उनले प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् । उनी नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीलाई लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको थियो । यही कात्तिक २६ गते राति १२ बजेबाट खापुङ अनिवार्य ...
। नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले महामन्त्री गगनकुमार थापालाई विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्न खोजिएको आशंका गरेका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार राख्दै उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरको सनाखत गर्ने जिम्मेवारी महामन्त्री थापाले पनि लिनुपर्ने भन्दै संगठन कब्जा गर्न खोजेको त होइन भनेर प्रश्न गरे । ‘५४ प्रतिशत महाधिवेसन प्रतिनिधिको हस्ताक्षर सनाखत ...
। नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल औपचारिक रुपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । आज सात बुँदे सहमति गरेर रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव ...
। सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरमा दुई वटा मोटरसाइकलसँग मालबाहक ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुधबार दिउँसो मदन भण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको नाप्र१–०२–००२ ख ४११ ट्रक र विपरीत दिशाबाट आएका नाप्र२–०१–००१ प २१४२ र मप्र०२–००६ प ५८४१ को दुईवटा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ...
। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले धरहरा बनाएको जिम्मा लिने सरकारले आन्दोलनमा गोली कसले चलायो थाहा छैन भन्न नमिल्ने बताएका छन् । बुधबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘भदौ २३ गते १९ जना मान्छे मार्नेगरी गोली चलाइयो, त्यो कुरा गलत हो । त्यो जसले गरेको पनि, एमाले सरकारले गरेको पनि सरकार दोषी हुन्छ ...