मुख्य समाचार
अमेरिकासँग प्रतिभावान जनशक्ति छैन, बाहिरबाट ल्याउनुपर्छ
अमेरिकासँग प्रतिभावान जनशक्ति छैन, बाहिरबाट ल्याउनुपर्छ

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग पर्याप्त प्रतिभाशाली जनशक्ति नभएको भन्दै बाह्य देशबाट ल्याउनुपर्ने स्वीकारेका छन् ।

एच–१बी भिसाबारे बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकालाई दक्ष र प्रतिभाशाली जनशक्तिको खाँचो रहेको बताएका हुन् ।

अमेरिकी टेलिभिजन फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पलाई पत्रकारले सोधेका थिए– ‘के अमेरिकी प्रशासनले एच–१बी जस्ता भिसालाई प्राथमिकता दिन्छ ? यदि तपाईं अमेरिकी कामदारको पारिश्रमिक बढाउन चाहनुहुन्छ भने के अन्य देशबाट हजारौं वा लाखौं कामदारलाई आउन दिन सकिन्छ ?’

यसको जवाफमा ट्रम्पले भने, ‘म तपाईंसँग सहमत छु तर, हामीले ट्यालेन्ट (प्रतिभाशाली) पनि ल्याउनु पर्ने हुन्छ ।’

पत्रकारले भने– ‘हामीसँग पर्याप्त प्रतिभा छन् जो प्रतिभाशाली छन् ।’

ट्रम्पले जवाफ दिए– ‘होइन हामीसँग पर्याप्त प्रतिभा छैनन् ।’

राष्ट्रपति ट्रम्पले अमेरिकासँग आवश्यक प्रतिभावान जनशक्ति नभएको भन्दै सीप–ज्ञान सिक्नुपर्नेमा जोड दिए ।

‘तपाईं बेरोजगारहरूसँग उनीहरूका लागि उद्योग खोल्दैछु भन्न सक्नु हुन्न, जहाँ तपाईं मिसाइल बनाउनु हुन्छ,’ उनले भने ।

ट्रम्पको जवाफमा पत्रकारले प्रतिप्रश्न गरे– ‘के हामीले पहिले यस्तो गरेका छौं ?’

यसमा ट्रम्पले उदाहरण दिँदै भने, ‘म तपाईंलाई एक उदाहरण दिन्छु, जर्जियामा उनीहरू (प्रशासन) ले छापा मारे, किनकी अवैध आप्रवासीलाई देशबाट बाहिर निकाल्न चाहन्थे, उनीहरू दक्षिण कोरियाका मानिस थिए जसले ब्याट्री जस्ता सामग्री बनाउँथे ।’

राष्ट्रपति ट्रम्पले ब्याट्री बनाउने प्रक्रिया जटिल रहेको भन्दै यो सजिलो कार्य नभएको बताए । उनले जोखिमपूर्ण र कयौं पटक विस्फोट समेत हुने धेरै समस्या व्यहोर्नुपर्ने बताए ।

जर्जियाबाट पक्राउ परेका ५–६ सय आप्रवासीसँग ब्याट्री बनाउँदाको सुरुवाती चरणको सीप रहेको भन्दै ट्रम्पले उनीहरू सबैलाई देशबाट निकाल्न नसकिने बताए ।

उनले भने, ‘उनीहरूले अन्य व्यक्तिलाई पनि सीप सिकाउँछन् तर, उनीहरू(प्रशासन) सबैलाई देशबाट निकाल्न चाहन्थे, जबकी देशलाई उनीहरूको आवश्यकता छ ।’

पर्याप्त जनशक्ति नभएसम्म वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न नसकिने भन्दै ट्रम्पले प्रतिभावान जनशक्तिलाई रोक्न सक्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘तपाईं कुनै पनि देशलाई यो भन्न सक्नु हुन्न कि १० बिलियन डलर (एक अर्ब ४२ अर्ब) रुपैयाँ लगानी गर्नुस्, एक प्लान्ट (उद्योग) खोल्नुस् र बेरोजगार व्यक्तिलाई राख्नुस् जसले पछिल्लो पाँच वर्षदेखि केही काम समेत गरेका छैनन् ।’

गत सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पले एच–१बी भिसाका आवेदकको शुल्क बढाएर एक लाख डलर (एक करोड ४२ लाख) रुपैयाँ पुर्याएका थिए ।

एच–१बी भिसा एक स्थायी भिसा हो, जसले अमेरिकी रोजगारदाता कम्पनीलाई दक्ष जनशक्ति भएका विदेशी कर्मचारी जस्तै: वैज्ञानिक, इन्जिनियर र शिक्षकलाई नियुक्त गर्न अनुमति दिन्छ ।

एशियाली देशबाट एच–१बी भिसा प्रयाेग गरेर अमेरिका प्रवेश गर्नेमा भारतीय जनशक्ति धेरै रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बुधबार अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गर्‍यो। बिक्री र प्रवाह पनि सुरु गर्‍यो। अमेरिका स्थापनाको २५०औं वार्षिकोत्सव अर्थात् ‘सेमिक्विनसेन्टेनियल’ मनाउने सन्दर्भ पारेर यो नयाँ सिक्का जारी गरिएको हो। आधुनिक अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर धातुको मुद्रामा राखिएको यो विरलै घट्ने घटना हो। यसअघि सन् १८६६ ...
। सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा हुने १८ औँ ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनपिङ सहभागी हुने वा नहुने विषयमा अझै स्थिति स्पष्ट भएको छैन। चीनले मंगलबार सी चिनपिङको सहभागिताको सम्भावनाबारे कुनै स्पष्ट जवाफ दिएको छैन। चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीनले ब्रिक्स सहयोगलाई निकै महत्त्व ...
: सन् २००९ मा डेनमार्कको कोपेनहेगनमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–१५) ले विश्व जलवायु राजनीतिमा ठूलो आशा जगाएको थियो। त्यतिबेला विकसित देशहरूले विकासशील तथा अल्पविकसित देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए। सम्मेलनपछि सार्वजनिक भएको कोपेनहेगन सम्झौतामा विकसित देशहरूले सन् २०२० सम्ममा विकासशील तथा अल्पविकसित देशका लागि वार्षिक १०० अर्ब अमेरिकी डलर सहायता जुटाउने लक्ष्य राखेका थिए। ...
। नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन गरेकी छन्। बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै उनले बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी र विपद् प्रतिकार्यका लागि करिब ५० जना अधिकारीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी छन्। संसद्‌मा बोल्दै विदेशमन्त्री वोङले भनिन्, ‘नेपाल र चीनको तिब्बतमा हामीले देखेको विनाश अकल्पनीय ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्। अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्। ‘चमत्कारको आशमा छौँ’ गत अगस्ट २६ मा हिमपहिरो पछि आएको बाढीले सीमाको ...