मुख्य समाचार
भीम रावलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर छुट्टिँदाको दिन स्मरण गरे
भीम रावलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर छुट्टिँदाको दिन स्मरण गरे

। नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका नेता भीम रावलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर छुट्टिँदाको दिन स्मरण गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीसँग आफू नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ सँग एकतापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले नेकपा विभाजनको बेला स्मरण गर्दै उक्त दिनको घाउमा मल्हम लगाएकोजस्तो महसुस भएको जिकिर गरे ।

‘आज यो सभाकक्षको यस ठाउँमा उपस्थित भइरहँदा जुनबेला नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिस्ट आन्दोलनलाई विशिष्टकृत गरेर आफ्नो निहीत स्वार्थ पूरा गर्नेहरूबाट विभाजन गरिएर गरम मन लिएर यही ठाउँबाट छुट्टिएर गइएको थियो,’ रावलले भने, ‘फर्किएर आज नेपाली कम्युनिस्ट पार्टी अन्तर्गत आज यहाँ बसिरहनुभएका नेताहरू र यहाँ बीचमा उभिएर यो कुरा राख्न पाउँदा त्यो विछोडको दिनको आलो घाउमा मल्हम लगाएको जस्तो महसुस भएको छ ।’

उनले अहिले आफ्नो देश विकट अवस्थामा भएको र राष्ट्रिय स्वाधीनताको लडाईं सशक्त रुपमा लड्नपर्ने बताए ।

‘हाम्रो देश अन्त्यन्त विकट अवस्थामा छ । स्वाधिनताका लडाईं हामीले अझै सशक्त रुपमा लड्नुपर्नेछ । जे होस् हामीले एउटा बलियो शक्ति निर्माण गरेर राजनीतिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने संकल्पका साथ चाहे अस्ति भर्खरै १० दलको एकताको प्रसंग होस्,’ रावलले भने, ‘या अहिले भर्खरै यादवजी र म नेपाली कम्युनिस्ट पार्टीमा अघि बढेको कुरा होस् । यो अत्यन्त हाम्रो लागि सुखद छ । आउने दिनमा सशक्त, भावनात्मक संकल्पका साथ अघि बढ्नेछौं भन्ने मेरो विश्वास छ ।’

रावलले पेरिसडाँडामा आयोजित एक कार्यक्रममार्फत एकता पत्रमा हस्ताक्षर गरिसकेका छन् । आजै एक सभामार्फत नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै एमाले छोडेर सबै नेताहरू नेपाली ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताएका छन् । गणतन्त्र कोरियाको सीओलमा आज आयोजित ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ लाई सम्बोधन गर्दै उहाँले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गरे । उनले भने, ‘डिजिलट लिडर्सिप फोरम एकदमै उपलब्धिपूर्ण र सफल भएको ...
। नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो । रावलले आजै सात बुँदे सहमति गरेका थिए । सहमति पत्रमा नेपाली ...
। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार उनले प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् । उनी नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीलाई लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको थियो । यही कात्तिक २६ गते राति १२ बजेबाट खापुङ अनिवार्य ...
। नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले महामन्त्री गगनकुमार थापालाई विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्न खोजिएको आशंका गरेका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार राख्दै उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरको सनाखत गर्ने जिम्मेवारी महामन्त्री थापाले पनि लिनुपर्ने भन्दै संगठन कब्जा गर्न खोजेको त होइन भनेर प्रश्न गरे । ‘५४ प्रतिशत महाधिवेसन प्रतिनिधिको हस्ताक्षर सनाखत ...