मुख्य समाचार
दुर्गा प्रसाईं समूहले सरकारलाई भन्यो- हाम्रो सबै गतिविधि अहिंसात्मक हुन्छ
दुर्गा प्रसाईं समूहले सरकारलाई भन्यो- हाम्रो सबै गतिविधि अहिंसात्मक हुन्छ

— सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ताका लागि पुगेको दुर्गा प्रसाईंको समूहले आफ्ना सबै गतिविधि अहिंसात्मक हुने प्रतिबद्धता जनाएको छ ।


गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको कुराकानी गरेपछि प्रसाईंका प्रतिनिधिहरुले आफ्ना २६ बुँदे माग राख्दै गतिविधि अहिंसात्मक हुने बताएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, प्रसाईंको पक्षबाट राखिएका कतिपय मागहरु वर्तमान सरकारले समेत अघि बढाइरहेका विषयहरु नै थिए । ‘कतिपय चाँहि राजनीतिक प्रकृतिका मागहरु छन्, त्यसलाई चाँहि हामीले राजनीतिक प्रक्रियाबाट आउनुस् भनेका छौं,’ काफ्लेले कान्तिपुरसँग भने, ‘हामीले निर्वाचनबाट म्यान्डेट लिएर आउनुस् भनेपछि उहाँहरुले हामी दल दर्ता गर्ने प्रक्रियामा छौं भन्नुभयो ।’

व्यवस्था परिवर्तन र हिन्दुराष्ट्र स्थापना हुनुपर्ने मागमा राजनीतिक ढंगबाट समाधान खोज्न गृहमन्त्री अर्यालले भनेका थिए । प्रसाईंका तर्फबाट प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका प्रेम थापा मगर, प्रमदीप लिम्बु, देवी प्रसाद संग्रौला, माधवप्रसाद खतिवडा, तेजेन्द्र रायमाझी र मकबुल शाह सहभागी थिए ।

छलफलपछि अभियानबाट मन्त्रालय पुगेकाहरुले सरकारले पहिलो पटक आफूहरुको कुरा सुन्न खोजेको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ, मिल्सले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएका हुन् । प्राधिकरणका अनुसार जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड ८१ लाख, अर्घाखाँचीले १ करोड ६० ...
— भदौ २४ गतेको प्रदर्शनका क्रममा घोराही र तुलसीपुरका विभिन्न सरकारी कार्यालय आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले बुधबार १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला अदालत घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने दुई तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने तीन जना रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर ...
— भदौ २४ गतेको प्रदर्शनका क्रममा घोराही र तुलसीपुरका विभिन्न सरकारी कार्यालय आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले बुधबार १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला अदालत घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने दुई तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने तीन जना रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर ...
— मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले उक्त धारणा राखेका हुन् । युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ ...
— लागू औषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई दिनको अन्तरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । पक्राउ पर्नेमा पाटन नगरपालिका–६, कडालीका २३ वर्षीय कपिल कठायत र पाटन नगरपालिका–४ खोल्सी, मोहनपुरकाका ३० वर्षीय हिमाल भट्ट रहेका छन् । कठायतलाई बुधबार ३ ग्राम २ सय २० ...