मुख्य समाचार
एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी
एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी

— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने बताउँदै एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउने बताएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको दाहालको भनाइ छ । ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’

गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरुले नेपाली कम्युनिस्ट पार्टीमा एकीकरण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ, मिल्सले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएका हुन् । प्राधिकरणका अनुसार जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड ८१ लाख, अर्घाखाँचीले १ करोड ६० ...
— भदौ २४ गतेको प्रदर्शनका क्रममा घोराही र तुलसीपुरका विभिन्न सरकारी कार्यालय आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले बुधबार १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला अदालत घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने दुई तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने तीन जना रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर ...
— भदौ २४ गतेको प्रदर्शनका क्रममा घोराही र तुलसीपुरका विभिन्न सरकारी कार्यालय आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले बुधबार १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला अदालत घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने दुई तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने तीन जना रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर ...
— मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले उक्त धारणा राखेका हुन् । युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ ...
— लागू औषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई दिनको अन्तरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । पक्राउ पर्नेमा पाटन नगरपालिका–६, कडालीका २३ वर्षीय कपिल कठायत र पाटन नगरपालिका–४ खोल्सी, मोहनपुरकाका ३० वर्षीय हिमाल भट्ट रहेका छन् । कठायतलाई बुधबार ३ ग्राम २ सय २० ...