मुख्य समाचार
अजरबैजान–जर्जियाको सीमाक्षेत्र नजिक दुर्घटनामा परेको टर्किस सेनाको सी–१३० हर्कुलस कार्गो विमानमा सवार सबै २० सैनिकको मृत्यु
अजरबैजान–जर्जियाको सीमाक्षेत्र नजिक दुर्घटनामा परेको टर्किस सेनाको सी–१३० हर्कुलस कार्गो विमानमा सवार सबै २० सैनिकको मृत्यु

— अजरबैजानबाट देशका लागि उडेको विमान जर्जिया–अजरबैजान सीमाक्षेत्रमा दुर्घटनामा पर्यो‍, टर्कीका रक्षामन्त्री यासर गुलेरले एक्समा लेखेका छन् ।


अजरबैजान–जर्जियाको सीमाक्षेत्र नजिक दुर्घटनामा परेको टर्किस सेनाको सी–१३० हर्कुलस कार्गो विमानमा सवार सबै २० सैनिकको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ । यो विमान अजरबैजानबाट टर्की जाने क्रममा दुर्घटनामा परेको हो ।

‘हाम्रा नायक कमाण्डरहरु ११ नोभेम्बर २०२५ मा सहिद भएका छन् । जब उनले दुर्घटनामा मृत्यु भएकाहरुको तस्विर पनि यस सन्देशसँगै अपलोड गरेका छन् ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले टर्किस राष्ट्रपति तैयप इर्दोगानलाई सन्देश पठाउँदै यस घटनाले आफु दुखित भएको बताएका छन् । टर्कीका लागि अमेरिकी राजदूत टम बाराकले पनि एक्समार्फत दुख व्यक्त गरेका छन् । सी–१३० अमेरिकामा बनेको कार्गो विमान हो । यसलाई विश्वका विभिन्न देशका सैनिकले सामाग्री ढुवानीका लागि प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजिप्टको एक अदालतले बहुचर्चित टेलिभिजन प्रस्तोता सारा खलिफासहित ११ जनालाई लागुऔषध तस्करी तथा उत्पादनको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ। सरकारी समाचार संस्था अल-अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अवैध रूपमा आयात गरी बिक्री-वितरण गर्ने अन्तर्राष्ट्रिय आपराधिक गिरोहमा संलग्न रहेको ठहर भएको हो। विशेष कारबाहीका क्रममा प्रहरीले ७५० किलोग्रामभन्दा बढी लागुऔषध, कच्चा पदार्थ ...
: अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो एक कार्गो विमान धावनमार्ग (रनवे) बाट बाहिर निस्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। स्थानीय समय अनुसार आइतबार दिउँसो करिब २ बजे अमेजन एयरको बोइङ ७६७-३०० कार्गो विमान अवतरण (ल्यान्डिङ) गर्ने क्रममा अनियन्त्रित भई रनवेबाट बाहिर गएको थियो। करिब २०९ ...
: भारतको राजधानी नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालय (डीयू) को साउथ क्याम्पस नजिकै रहेको सत्य निकेतनमा एक पाँच तले पेइङ गेस्ट (पीजी) भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्। आइतबार दिउँसो करिब ३० वर्ष पुरानो उक्त जर्जर भवन अचानक भत्किएको हो। भत्किएको भवनको भग्नावशेषमा अझै केही मानिसहरू पुरिएको आशङ्का ...
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न सैन्य कारबाहीमा २१ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले आइतबार जारी गरेको जानकारीअनुसार सेप्टेम्बर ३ देखि ५ सम्म खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो। सेनाका अनुसार सुरक्षा बल र आतंकवादीबीच भएका छुट्टाछुट्टै ...
। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, ...