मुख्य समाचार
अजरबैजान–जर्जियाको सीमाक्षेत्र नजिक दुर्घटनामा परेको टर्किस सेनाको सी–१३० हर्कुलस कार्गो विमानमा सवार सबै २० सैनिकको मृत्यु
अजरबैजान–जर्जियाको सीमाक्षेत्र नजिक दुर्घटनामा परेको टर्किस सेनाको सी–१३० हर्कुलस कार्गो विमानमा सवार सबै २० सैनिकको मृत्यु

— अजरबैजानबाट देशका लागि उडेको विमान जर्जिया–अजरबैजान सीमाक्षेत्रमा दुर्घटनामा पर्यो‍, टर्कीका रक्षामन्त्री यासर गुलेरले एक्समा लेखेका छन् ।


अजरबैजान–जर्जियाको सीमाक्षेत्र नजिक दुर्घटनामा परेको टर्किस सेनाको सी–१३० हर्कुलस कार्गो विमानमा सवार सबै २० सैनिकको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ । यो विमान अजरबैजानबाट टर्की जाने क्रममा दुर्घटनामा परेको हो ।

‘हाम्रा नायक कमाण्डरहरु ११ नोभेम्बर २०२५ मा सहिद भएका छन् । जब उनले दुर्घटनामा मृत्यु भएकाहरुको तस्विर पनि यस सन्देशसँगै अपलोड गरेका छन् ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले टर्किस राष्ट्रपति तैयप इर्दोगानलाई सन्देश पठाउँदै यस घटनाले आफु दुखित भएको बताएका छन् । टर्कीका लागि अमेरिकी राजदूत टम बाराकले पनि एक्समार्फत दुख व्यक्त गरेका छन् । सी–१३० अमेरिकामा बनेको कार्गो विमान हो । यसलाई विश्वका विभिन्न देशका सैनिकले सामाग्री ढुवानीका लागि प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु हुनुको साथै २४ जना घाइते भएका छन् । दक्षिणी पेरुको अरेक्विपामा भएको दुर्घटना दक्षिण अमेरिकी राष्ट्रमा हालैका वर्षहरूमा भएको सबैभन्दा खराब दुर्घटनामध्ये एक हो । पेरुलाई चिलीसँग जोड्ने पानामेरिकाना सुर राजमार्गको एक भागमा बिहानै यो घटना भएको थियो । 'हामीसँग ३७ जनाको मृत्यु ...
— बीबीसीको पानारोमा शृंखलाअन्तर्गत ‘ट्रम्प : अ सेकेन्ड टाइम ?’ वृत्तचित्रमा यस भाषणलाई काँटछाँट गरेर राखिएको थियो । सुरुका केही शब्दमा अन्त्यतिरका केही शब्द मिलाउँदा आफुले अमेरिकी सदनमा हमला गर्नका लागि जनतालाई उत्तेजित बनाएजस्तो सुनिएको ट्रम्पको आरोप छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दायर गर्नु आफ्नो कर्तव्य रहेको बताएका छन् । फक्स न्युजको ‘द ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग पर्याप्त प्रतिभाशाली जनशक्ति नभएको भन्दै बाह्य देशबाट ल्याउनुपर्ने स्वीकारेका छन् । एच–१बी भिसाबारे बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकालाई दक्ष र प्रतिभाशाली जनशक्तिको खाँचो रहेको बताएका हुन् । अमेरिकी टेलिभिजन फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पलाई पत्रकारले सोधेका थिए– ‘के अमेरिकी प्रशासनले एच–१बी जस्ता भिसालाई प्राथमिकता दिन्छ ? यदि तपाईं अमेरिकी कामदारको पारिश्रमिक बढाउन ...
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली विष्फोट घटनाका दोषी जोसुकै भएपनि नछोड्ने बताएका छन्। दुई दिने औपचारिक भ्रमणका लागि भुटान पुगेका प्रधानमन्त्री मोदीले षडयन्त्रकारीहरूलाई नछोड्ने बताएका हुन्। प्रधानमन्त्री मोदीले आफू धेरै भारी मन लिएर भुटान आएको बताए। उनले भने ,'हिजो साँझ दिल्लीमा भएको भयानक घटनाले सबैलाई दु:खी बनाएको छ। म प्रभावित परिवारहरूको पीडा बुझ्छु। आज सम्पूर्ण ...
: पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विष्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ। पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले यस घटनामा १२ जनाको मृत्यु भएको र २७ जना घाइते भएको सञ्चारमाध्यमलाई बताएका छन्। विष्फोट इस्लामाबाद जिल्ला अदालतको प्रवेशद्वार नजिकै भएको हो। मोहसिन नकवीले भने, 'दिउँसो १२:३९ बजे अदालतमा आत्मघाती हमला भयो। यो ...