मुख्य समाचार
ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दायर गर्नु आफ्नो कर्तव्य रहेको बताएका छन्
ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दायर गर्नु आफ्नो कर्तव्य रहेको बताएका छन्

— बीबीसीको पानारोमा शृंखलाअन्तर्गत ‘ट्रम्प : अ सेकेन्ड टाइम ?’ वृत्तचित्रमा यस भाषणलाई काँटछाँट गरेर राखिएको थियो । सुरुका केही शब्दमा अन्त्यतिरका केही शब्द मिलाउँदा आफुले अमेरिकी सदनमा हमला गर्नका लागि जनतालाई उत्तेजित बनाएजस्तो सुनिएको ट्रम्पको आरोप छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दायर गर्नु आफ्नो कर्तव्य रहेको बताएका छन् । फक्स न्युजको ‘द इन्ग्राहम एन्जल’ कार्यक्रममा कुराकानी गर्दै उनले ६ जनवरी २०२१ मा आफुले दिएको भाषणको हत्या गरिएको र दर्शकलाई धोकामा राख्नेगरी यसलाई प्रस्तुत गरिएको बताए ।

बीबीसीको पानारोमा शृंखलाअन्तर्गत ‘ट्रम्प : अ सेकेन्ड टाइम ?’ वृत्तचित्रमा यस भाषणलाई काँटछाँट गरेर राखिएको थियो । सुरुका केही शब्दमा अन्त्यतिरका केही शब्द मिलाउँदा आफुले अमेरिकी सदनमा हमला गर्नका लागि जनतालाई उत्तेजित बनाएजस्तो : सुनिएको उनको आरोप छ । यो वृत्तचित्र सन् २०२४ को अमेरिकी चुनावको एक साताअघि मात्रै सार्वजनिक भएको थियो । बेलायती सञ्चारमाध्यम टेलिग्राफमा बीबीसीको आन्तरिक परिपत्रबारे एक समाचार प्रकाशित भएपछि यो विषय फेरि विवादमा तानिएको हो ।

त्यसयता, ट्रम्पका वकिलले आइतबार बीबीसीलाई पत्र लेखेका थिए । जसमा माफी माग्नुपर्ने र राष्ट्रपति ट्रम्पमाथि भएको हानीको क्षतिपुर्ति दिनुपर्ने उल्लेख थियो । यस विषयमा प्रतिक्रिया दिनका लागि बीबीसीलाई शुक्रबारसम्मको समयसीमा दिइएको छ ।
.
ट्रम्पले सामाजिक सञ्जालमार्फत १ अर्ब डलर क्षतिपुर्तिसहितको मुद्दा दायर गर्ने चेतावनी पनि दिएका थिए । फक्स न्युजसँगको कुराकानीमा उनले आफ्नो त्यही चेतावनी अडान दोहोर्‍याए ।

‘अब मुद्दा हाल्नुहुन्छ ?’ भन्ने प्रश्नको जवाफ उनले यसरी दिए : ‘पक्कै पनि मैले हाल्नुपर्छ । किन हाल्ने किनकी उनीहरुले जनतालाई धोका दिएका छन् र त्यसलाई स्विकारको छन् ।’

ट्रम्पले थपे, ‘उनीहरुले खासमा ६ जनवरीको मेरो भाषण तोडमोड गरे । यो एउटा सुन्दर भाषण थियो । तर, यसलाई उनीहरुले अतिवादीजस्तो सुनिने बनाए ।’



यसअघि सीबीएस र एबीसी न्युजसँग पनि समाचारकै विषयलाई लिएर ट्रम्पले विवाद गरेका थिए । माफी माग्दै क्षतिपुर्तिस्वरुप ती समाचार संस्थाले केही रकम बुझाउने निर्णय गरेपछि यो विवाद सल्टिएको थियो ।

बीबीसीले पनि यस घटनामा माफी मागिसकेको छ । बीबीसीका महाप्रबन्धक डेभी र समाचार प्रमुख टर्नेसले त्रुटि स्विकार गर्दै राजीनामा दिइसकेका छन् । 'त्रुटिहरू भएका छन् । तर संस्थागत रूपमै बीबीसी पूर्वाग्रही छ भन्ने अहिलेका आरोपहरू गलत छन्,' नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएकी समाचार विभाग प्रमुख टर्नेसले भनेकी छिन् ।

निवर्तमान महाप्रबन्धक डेभीले पत्रकारिताका पक्षमा लड्न बीबीसीका सबै कर्मचारीसँग आग्रह गरेका छन् । उनले प्राविधक त्रुटि भए स्विकार गर्दै कोही-कसैविरुद्ध नियोजित रुपमा लाग्ने नीति बीबीसीको नरहेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...