मुख्य समाचार
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि क्लाउड एजुकेसन एन्ड भिसा सर्भिससँग प्रायोजन सम्झौता
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि क्लाउड एजुकेसन एन्ड भिसा सर्भिससँग प्रायोजन सम्झौता

— साबिक च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि बुधबार क्लाउड एजुकेसन एन्ड भिसा सर्भिससँग प्रायोजन सम्झौता गरेको छ ।


क्लाउड जनकपुर टोलीको आधिकारिक एजुकेसन कन्सल्टेन्सको रूपमा रहने छ । अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको क्लाउडले नेपालमा काम गर्दै आएको छ ।

सम्झौतामा जनकपुरका प्रबन्ध निर्देशक निरोज खतिवडा र क्लाउडका प्रमुख कार्यकारी अधिकृत अनिश गौतमले हस्ताक्षर गरे । सीईओ गौतमले राम्रो टिम स्पिरिटका साथ खेलेर ट्रफी रक्षा गर्न शुभकामना दिए । गत वर्ष जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।

प्रबन्ध निर्देशक खतिवडाले यो साझेदारी लामोसम्म जाने विश्वास लिए । जनकपुर खेलाडीले लगाउने हेल्मेटमा क्लाउड नेपालको लोगो हुनेछ । एनपीएललाई जनकपुरले नेपाल ल्युबसँग लुब्रिकन पार्टनरको रूपमा सम्झौता गरिसकेको छ ।

गत वर्ष जनकपुरलाई उपाधि दिलाएका प्रशिक्षक पुबुदु दासानायके विराटनगर किंग्स लागिसकेका छन् । उनको स्थानमा जनकपुरले वेस्ट इन्डिजका ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई प्रशिक्षक बनाइसकेको छ । गत सिजन जनकपुरको कप्तानी गरेका अनिल शाहले नयाँ प्रशिक्षकबाट थप सिक्न पाउने अपेक्षा राखे । उनले यो सिजन टोलीको कप्तानी कस्ले गर्ने भन्नेबारे टोलीले घोषणा गर्न बाँकी भएको सुनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
धनकुटाका सुमन श्रेष्ठ यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक
: आइसीसी टी २० विश्वकप २०२६ को ट्रफी जनवरी ५ मा नेपाल आइपुग्ने भएको छ। भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने विश्वकपको ट्रफी २ दिन नेपालमा रहने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो। क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै जनवरी ५ देखि ७ सम्म ट्रफी नेपालको विभिन्न ठाउँमा लगिने जानकारी दिएको हो। ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनल समीकरण पूरा भएको छ। बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो। कोशीले कीर्तिपुरलाई २५-२३, २५-२० र २५-२३ले पराजित गरेको हो। कोशी ...
: बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन भएको छ। सिलहट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजशाही वारियर्ससँगको खेल सुरु हुनु केही समयअघि मैदानमा ढलेका उनको हट एट्याकका कारण निधन भएको जनाइएको छ। ५९ वर्षीय जाकी खेलाडीको वामअपको समयमा मैदानमा बेहोस भएका थिए। उनी ढलेलगत्तै ढाका क्यापिटल्सका मेडिकल टिमले ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको महिला तर्फको पहिलो खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटले हराएको छ। आर्मीले २५–१६, २५–१२ र २५–९ले चुली युवा क्लबलाई हराएको हो। आर्मीले पहिलो खेलमा एभरेस्ट महिला क्लबलाई हराएको थियो। आजको महिला तर्फको दोस्रो खेल ...