मुख्य समाचार
ट्विनअटर जहाज ‘अल्फा ब्राभो ट्यांगो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी
ट्विनअटर जहाज ‘अल्फा ब्राभो ट्यांगो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी

— नेपाल एयरलाइन्स कर्पोरेसनले देशका दुर्गम क्षेत्रहरूमा सेवा दिँदै आएको ट्विनअटर जहाज ‘अल्फा ब्राभो ट्यांगो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ।


यो जहाज सेप्टेम्बर २०२५ देखि इन्जिन मर्मत र वार्षिक जाँचका लागि तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीले ग्राउन्डेड गरेर राखेका थिए ।

निमित्त महाप्रबन्धक जनकराज कालाखेतीको निर्देशनपछि आवश्यक मर्मत सोमबार पूरा गरेर बुधबार परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको निगमका एक निर्देशकले बताए ।

बिग्रेको जहाजको सफल परीक्षणपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्विनअटर जहाजमार्फत मंगलबारदेखि आन्तरिक व्यावसायिक उडान पुनः सुरू भएको जनाएको छ।

दुवै जहाज सञ्चालनमा आएसँगै पूर्वी भेगका दुर्गम क्षेत्रतर्फ यात्रुहरूलाई सेवा सुविधा थप सहज हुने विश्वास नेपाल एयरलाइन्सले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीसँग छलफल गरेका छन् । मन्त्रीसँगको छलफलमा उनीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्न लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने सुझाएका छन् । हाल कर्जाको माग नबढ्नुमा लगानी वातावरण नै प्रमुख रहेको उनीहरूले बताए। अर्थतन्त्रको पछिल्लो अवस्था र वित्तीय क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकका विभागहरूले के कसरी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् । निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे । उनले सरकारको सोच, प्राथमिकता ...
: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एक जना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटाएको छ । मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा ९ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत रुपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो । बैठकमा अर्थमन्त्री डा. ...
। अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले हाल कायम रहेको दैनिक २५ किलोको बिक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार वैदेशिक मुद्रा सञ्चितिको सन्तुलन कायम राख्न नेपाल राष्ट्र ...