मुख्य समाचार
ट्विनअटर जहाज ‘अल्फा ब्राभो ट्यांगो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी
ट्विनअटर जहाज ‘अल्फा ब्राभो ट्यांगो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी

— नेपाल एयरलाइन्स कर्पोरेसनले देशका दुर्गम क्षेत्रहरूमा सेवा दिँदै आएको ट्विनअटर जहाज ‘अल्फा ब्राभो ट्यांगो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ।


यो जहाज सेप्टेम्बर २०२५ देखि इन्जिन मर्मत र वार्षिक जाँचका लागि तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीले ग्राउन्डेड गरेर राखेका थिए ।

निमित्त महाप्रबन्धक जनकराज कालाखेतीको निर्देशनपछि आवश्यक मर्मत सोमबार पूरा गरेर बुधबार परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको निगमका एक निर्देशकले बताए ।

बिग्रेको जहाजको सफल परीक्षणपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्विनअटर जहाजमार्फत मंगलबारदेखि आन्तरिक व्यावसायिक उडान पुनः सुरू भएको जनाएको छ।

दुवै जहाज सञ्चालनमा आएसँगै पूर्वी भेगका दुर्गम क्षेत्रतर्फ यात्रुहरूलाई सेवा सुविधा थप सहज हुने विश्वास नेपाल एयरलाइन्सले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ...
पालमा सञ्चालित उद्योग आधाभन्दा कम क्षमता उपयोगमा सञ्चालन भइरहेको राष्ट्र बैंकको आर्थिक गतिविधि प्रतिवेदनले औंल्याएको छ ।
— धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको ...
— सातामा दुई दिन सोमबार र शुक्रबार काठमाडाैं-ताप्लेजुङ उडान गर्दै आएको नेपाल वायुसेवा निगमले अब बुधबार पनि उडान गर्ने भएको छ। यात्रुको चाप हेरेर सुकेटार विमानस्थलमा उडान थप गरिएको निमगको ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए । निगमसँग अहिले दुई वटा ट्विनअटर जहाज चालु अवस्थामा भएकाले पनि निमगलाई उडान थप्न सहज भएको उनले बताए। अब ...
: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेका सर्वपक्षीय राष्ट्रिय संवादमा अध्यक्ष ढकालले समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय अझै पनि ओझेलमा परेको र निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको ...