मुख्य समाचार
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जाम्बोरी एजुकेसन नेपालसँग प्रायोजन सम्झौता
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जाम्बोरी एजुकेसन नेपालसँग प्रायोजन सम्झौता

— काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जाम्बोरी एजुकेसन नेपालसँग प्रायोजन सम्झौता गरेको छ ।


गोर्खाजले जाम्बोरीसँग ‘नलेज’ पार्टनरको रुपमा सम्झौता गरेको हो ।

जाम्बोरीले एक दशकभन्दा बढी समयदेखि विद्यार्थीलाई स्याट, टोफेल, आईएलटीएस, जीआरई, जिम्याट जस्ता अन्तर्राष्ट्रिय परीक्षाको तयारी गराएर अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडामा उच्च शिक्षा अध्ययनका लागि उपयुक्त विश्वविद्यालय छनोट र आवेदन प्रक्रियामा मार्गदर्शन गर्दै आएको छ ।

मंसिर १ देखि हुने दोस्रो संस्करणको एनपीएलमा गोर्खाजले आफ्नो टाउजरमा जाम्बोरी एजुकेसनको लोगो लगाएर खेल्ने छ । यसपालि पहिलो दिनै गोर्खाजले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससँग खेलेर एनपीएल सुरु गर्दै । मोन्टी देसाईको प्रशिक्षणमा काठमान्डु गोर्खाज तयारीमा व्यस्त छ ।

गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र जाम्बोरी एजुकेसनका प्रबन्ध निर्देशक मनोज पराजुलीले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यकारी निर्देशक सिरोहियाले जाम्बोरीले शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै यस सहकार्यले खेलकुद र शिक्षाबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे ।


जाम्बोरीका प्रबन्ध निर्देशक पराजुलीले शिक्षा र खेल दुवै युवाको क्षमता र अनुशासन विकास गर्ने महत्त्वपूर्ण माध्यम भएको बताए ।

काठमाडौं गोर्खाजले यसअघि मुख्य प्रायोजकमा वर्ल्ड लिंक, गोल्ड पार्टनरमा शिखर इन्स्योरेन्स, ड्रिंक पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिंक, अफिसियल एजुकेसन पार्टनरमा आईआईएमएस कलेजसँग प्रायोजन सम्झौता गरिसकेको छ । अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साबिक च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि बुधबार क्लाउड एजुकेसन एन्ड भिसा सर्भिससँग प्रायोजन सम्झौता गरेको छ । क्लाउड जनकपुर टोलीको आधिकारिक एजुकेसन कन्सल्टेन्सको रूपमा रहने छ । अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको क्लाउडले नेपालमा काम गर्दै आएको छ । सम्झौतामा जनकपुरका प्रबन्ध निर्देशक निरोज खतिवडा र क्लाउडका प्रमुख कार्यकारी अधिकृत अनिश गौतमले ...
— नेपाल क्रिकेट संघ (क्यान) ले १ मंसिरदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) को पूर्वसन्ध्यामा टेलिभिजनमा प्रत्यक्ष प्रसारण अधिकारका विषयमा पटक–पटक मापदण्ड परिवर्तन गरेको छ । मापदण्ड परिवर्तन गर्दै बोलपत्र पेस गर्ने म्याद थप्दै लगिएकामा टेलिभिजन प्रसारकहरूले विरोध गरेका छन् । नेपालभित्र टेलिभिजनमा प्रत्यक्ष प्रसारण र विश्वभरि ‘ओटीटी लाइभ स्ट्रिमिङ’ अधिकारका लागि क्यानले ४ नोभेम्बरमा सामाजिक सञ्जालबाट ...
। यसपटकको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टीभी स्टार र नेपाली दुवै टीभीबाट प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार भारतीय स्टार टेलिभिजनले पनि खेल प्रसारण गर्ने हिजोमात्र टुंगो लागेको छ । क्यानले नेपालभित्र एक्सक्लुसिभ अधिकार हुने नेपाली टेलिभिजनहरुबाट प्रसारण अधिकारका लागि टेण्डर आह्वान गरेको भए पनि अब नेपाली टीभीले एक्सक्लुसिभ अधिकार ...
: आगामी १२० दिन भित्रमा ए डिभिजन लिग गर्ने प्रस्ताव अघि सारिएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा), खेलाडी संघ र क्लबहरूसँगको मन्त्रालयको बैठकमा उक्त प्रस्ताव गरिएको हो। युवा तथा खेलकुद मन्त्रालयमा ५ वटा क्लब, खेलाडी संघ र एन्फाबीच भएको छलफलबाट डबल राउन्ड रोबिन फर्म्याटको लिगमा खेल हुने गरी प्रस्ताव गरिएको छ। खेलाडी संघको अध्यक्ष विक्रम ...
— नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षिक परामर्श संस्था केआईईसीसँग प्रायोजन सम्झौता गरेको छ । केआईईसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विद्यार्थीका लागि २० वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको छ । मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको एनपीएलमा गोर्खाजले आफ्नो जर्सीमा केआईईसीको लोगो राखेर खेल्ने ...