मुख्य समाचार
विराट गोल्ड कप फुटबल टुर्नामेन्ट–२०८१ बाट आयोजक समितिले २ लाख ९४ हजार रुपैयाँ नाफा गरेको छ
विराट गोल्ड कप फुटबल टुर्नामेन्ट–२०८१ बाट आयोजक समितिले २ लाख ९४ हजार रुपैयाँ नाफा गरेको छ

— विराट गोल्ड कप फुटबल टुर्नामेन्ट–२०८१ बाट आयोजक समितिले २ लाख ९४ हजार रुपैयाँ नाफा गरेको छ। विराट गोल्ड कप फुटबल ट्रस्ट विराटनगरको आयोजनामा सञ्चालित नवौँ संस्करणको प्रतियोगिताबाट उक्त रकम नाफा गरिएको आयोजना समितिका संयोजक नविन रिजालले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए।


गत वर्षको फागुन १९ देखि २८ गतेसम्म विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगिताबाट १ करोड ७ लाख रुपैयाँ आम्दानी भएको थियो। सो आम्दानीमध्ये १ करोड ४ लाख रुपैयाँ खर्च भएपछि प्रतियोगिताबाट २ लाख ९४ हजार रुपैयाँ नाफा रहेको रिजालले बताए।

उनले नाफामध्ये आफ्नो व्यक्तिगत तर्फबाट १ लाख रुपैयाँ थपेर जम्मा ४ लाख रुपैयाँको हिसाबकिताब विराट गोल्ड कप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीलाई हस्तान्तरण गरे।

सातौँ र आठौँ संस्करणमा घाटा बेहोरेको गोल्ड कप आयोजक समितिले यसपटक पहिलोपटक नाफा गरेको हो । विराट गोल्ड कप ट्रस्टले सातौँ संस्करण विराटनगर महानगरपालिकालाई जिम्मा दिएर आयोजना गराएको थियो भने आठौँ संस्करण ट्रस्टले आफैं सञ्चालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
धनकुटाका सुमन श्रेष्ठ यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक
: आइसीसी टी २० विश्वकप २०२६ को ट्रफी जनवरी ५ मा नेपाल आइपुग्ने भएको छ। भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने विश्वकपको ट्रफी २ दिन नेपालमा रहने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो। क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै जनवरी ५ देखि ७ सम्म ट्रफी नेपालको विभिन्न ठाउँमा लगिने जानकारी दिएको हो। ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनल समीकरण पूरा भएको छ। बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो। कोशीले कीर्तिपुरलाई २५-२३, २५-२० र २५-२३ले पराजित गरेको हो। कोशी ...
: बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन भएको छ। सिलहट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजशाही वारियर्ससँगको खेल सुरु हुनु केही समयअघि मैदानमा ढलेका उनको हट एट्याकका कारण निधन भएको जनाइएको छ। ५९ वर्षीय जाकी खेलाडीको वामअपको समयमा मैदानमा बेहोस भएका थिए। उनी ढलेलगत्तै ढाका क्यापिटल्सका मेडिकल टिमले ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको महिला तर्फको पहिलो खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटले हराएको छ। आर्मीले २५–१६, २५–१२ र २५–९ले चुली युवा क्लबलाई हराएको हो। आर्मीले पहिलो खेलमा एभरेस्ट महिला क्लबलाई हराएको थियो। आजको महिला तर्फको दोस्रो खेल ...