मुख्य समाचार
डुंगा डुबेर भूमध्यसागरमा ६ दिनसम्म फसेका ७ मानिसहरुको उद्धार
डुंगा डुबेर भूमध्यसागरमा ६ दिनसम्म फसेका ७ मानिसहरुको उद्धार

— डुंगा डुबेर भूमध्यसागरमा ६ दिनसम्म फसेका ७ मानिसहरुको उद्धार भएको छ । यसक्रममा ४२ जनाको मृत्यु भएको अनुमान लगाइएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ ।


बाँचेका मानिसहरुले आईओएमलाई बताएअनुसार ४७ पुरुष र दुई महिला सवार डुंगा ३ नोभेम्बरमा पल्टिएको थियो । लिबियाको तटीय शहर जुवाराबाट हिंडेको ६ घण्टापछि यो जहाज पल्टिएको उनीहरुले बताएका छन् ।

भूमध्यसागरको मुख्य रुट हुँदै युरोप छिर्न चाहनेमध्ये यस वर्ष १ हजारभन्दा धेरैको मृत्यु भइसकेको आईओएमले जनाएको छ ।

बाँचेका सातजना सुडान, नाइजेरिया, क्यामरुन र सोमलियाका नागरिक रहेको आईओएमले जनाएको छ । शनिबार लिबियाली अधिकारीहरुले अल बुरी तेल फिल्डनजिक उनीहरुलाई फेला पारेका थिए ।

‘दुग्भार्यपूर्ण रुपमा हराएका ४२ जना मरेको अनुमान लगाएका छौं । यसमध्ये २९ जना सुडान , आठ सोमालिया , ३ क्यामरुन र दुई नाइजेरियाका छन्,’ आईओएमले भनेको छ ।


भूमध्यसागर नाघेर अवैध बाटो हुँदै युरोप छिर्न चाहने आप्रवासीका लागि लिबिया प्रमुख प्रस्थान बिन्दू बन्दै आएको छ । हरेक वर्ष ठूलो संख्यामा मानिसहरु यस रुटमा मर्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन गरेकी छन्। बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै उनले बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी र विपद् प्रतिकार्यका लागि करिब ५० जना अधिकारीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी छन्। संसद्‌मा बोल्दै विदेशमन्त्री वोङले भनिन्, ‘नेपाल र चीनको तिब्बतमा हामीले देखेको विनाश अकल्पनीय ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्। अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्। ‘चमत्कारको आशमा छौँ’ गत अगस्ट २६ मा हिमपहिरो पछि आएको बाढीले सीमाको ...
। जर्मनीको चरम-दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले पूर्वी राज्य सक्सोनी-आनहाल्टको राज्य चुनावमा ऐतिहासिक जित हासिल गरेको छ। एक्जिट पोल र प्रारम्भिक नतिजाअनुसार एएफडीले करिब ४४ प्रतिशत भोट प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित भएको छ। दोस्रो विश्वयुद्धपछि पहिलोपटक कुनै चरम-दक्षिणपन्थी पार्टी जर्मन राज्यस्तरमा सत्ताको यति नजिक पुगेको हो। यो नतिजा चान्सलर फ्रेडरिक मर्ज ...
। इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब एक लाख ७० हजार यात्रु अलपत्र परेका छन् । ज्वालामुखीको खरानीका कारण ती विमानस्थलबाट हुने उडानहरू अस्थायी रूपमा रोकिएको छ । आइतबार बिहान राजधानी जकार्तास्थित सोएकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले बन्द गरिएको थियो । विमानस्थल आसपासको हवाई क्षेत्रमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी भेटिएपछि यस्तो निर्णय गरिएको हो। इन्डोनेसियाको यातायात ...
। इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले इरानी सेनाको शक्तिशाली जवाफबाट अमेरिका र उसका सहयोगीहरू हताश अवस्थामा पुगेको दाबी गरेका छन् । आइतबार संसद्लाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘इरानी सैन्य बलले अमेरिकी ठेगानाहरूमा शक्तिशाली आक्रमण गरेपछि अमेरिका र उसका सहयोगी देशहरू हताश अवस्थामा पुगेका छन्,’ गालिबाफले भनेका छन् । उनले विरोधी पक्षले नाराका ...