मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा

— नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरेर खेलतालिका आइतबार सार्वजनिक गरिसकेको छ ।


फ्लडलाइट जडानको काम पनि तीव्ररुपमा चलेको छ । तर, जडानपछि पनि नेपाल विद्युत् प्राधिकरणको क्षमताअनुसारको विद्युत् लाइन नभएको भन्दै कम्पनीले यसपटक एनपीएलमा जेनेरेटर नै प्रयोग गरेर फ्लडलाइट बाल्ने तयारी गरिरहेको छ ।

फ्लडलाइट जडानको जिम्मा लिएको ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरका प्रतिनिधि सौरभ शाहाका अनुसार ७५० केभिएको दुईवटा जेनेरेटरबाट फ्लडलाइट सञ्चालन गर्ने तयारी छ ।

‘एउटा पोलमा ७० वटा बत्ती हुन्छ । त्यसमध्ये एक बत्ती १६ सय वाटको छ । हामीले ६ वटा फ्लडलाइट जडान गरेका छौं । सबै पोलमा गरी ४२० लाइट जडान हुन्छैं,’ शाहाले भने,‘खेल अवधिमा यी बत्तीहरु सबै जेनेरेटरबाट मात्र सञ्चालन हुने छन् । सबै बत्ति बल्दा ६ मेघाहर्ज जति बिजुली खपत हुन्छ । यो भनेको सानो सहरमा खपत हुने जति बत्ती हो । प्राधिकरणका डेरीकेट लाइन पनि यहा छैन । त्यही पनि नियमित बत्तीमा समस्या हुन सक्छ । त्यो कारण यसपाली हामीले जेनेरेटरबाट खेल अवधिभरी फ्लडलाइट चलाउने छौं ।’

सम्झौता पनि निमार्ण कम्पनीले दुईवटा जेनेरेटर खरीद गर्नुपर्नेछ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकाल यसबारेमा आफूहरुलाई कुनै जानकारी नआएको बताउँछन् । ‘हामीलाई यसबारे कुनै जानकारी प्राप्त भएको छैन । जानकारी भयो भने हामी सहजीकरण गर्न सक्छौं,’ ढकालले भने, ‘विशेष सन्दर्भमा हामीले टिम नै खटाएर सेवा पनि दिएका हुन्छौं ।’


रंगशालामा बिहीबारसम्म पाँचवटा पोलमा लाइट (बत्ती)हाल्ने काम सकिँदैछ । मैदानमा राखिएका ६ वटा पोलमा फ्लडलाइट जडान हुँदै छ । बाँकी एक पोलमा पनि बत्ती हालेपछि सबै पोलमा परीक्षणको काम हुने शाहले बताए । मंसिर १ देखि यस सिजनको एनपीएल सुरु हुँदै छ । ‘कम्पनीले लाइटको कामकै लागि एउटा पोलमा भारतबाट पनि कामदार मगाएर ४ जनाका दरमा कामदार खटिएका छन् । सकेसम्म बिहीबार साँझ नभए शुक्रबारसम्म सबै काम सक्ने योजना छ ,’ शाहले भने, ‘बत्ती जडानको काम सकेर सबै पोलको एमिङ (बत्तीको फोकस मिलाउने) गर्ने अर्को महत्त्वपूर्ण काम बाँकी छ । अहिले बत्ती जडानसँगै प्यानल हाल्ने, अर्थिङ र केबलका कामहरू पनि चलिरहेको छ ।’

युरोपबाट आउनुपर्ने लाइटिङका सामग्री आउन ढिलाइ हुँदा काम सुस्त भएको कम्पनीको भनाइ छ । क्रिकेट रंगशालामा फ्लडलाइट राख्ने काम पहिलो भएकाले पनि डिजाइनको परिवर्तन, बर्खासँगै पहिलो प्रस्तावित फ्लडलाइटले स्वीकृति नपाएकाले नयाँ प्रक्रियामा जाँदा ढिलो भएको उनको दाबी छ ।



रंगशालामा प्यारापिट निर्माणको काम भने सकिएको छ । काठमाडौंको बीकेओआई– केसीडीसी–बीजी जेभी रंगशाला पुनर्निर्माणको सम्झौताअनुसार काम सकेर अन्तिम बिलिङ कार्य गरिरहेको छ । बीजी जेभीका प्रोजेक्ट डाइरेक्टर भरत गिरीका अनुसार १० हजार सिट क्षमताको आरसीसी प्यारापिट निर्माण सम्पन्न भएको छ ।

त्यसअनुसार पूर्वतर्फ ३ हजार सिट र पश्चिमतर्फ ७ हजार सिट जडान भएको छ । कुर्ची राख्ने, स्टिलको रेलिङ राख्ने कम्पाउन्ड, जेनेरेटर राख्ने ठाउा र कम्पाउन्ड क्षेत्रमा एउटा बाटोका ट्रयाक बनाएर ग्राभिलको काम कम्पनीले गरेको थियो । सम्झौताअनुसार पाँच वर्षसम्म कुर्चीमा समस्या आउँदा कम्पनीले नै हेर्नुपर्नेछ ।

यी दुवै कम्पनीले सम्झौताअनुसार काम गरेको भए वैशाख २४ गते सबै काम सकिनुपर्ने थियो । समयमा काम नसकेका कारण सम्झौताअनुसार निर्माण कम्पनीलाई तत्कालीन सरकारले दैनिक २ लाख हाराहारीमा जरिवानासमेत तोकेको थियो । क्यानको तालिकाअनुसार हरेक दिन एक खेल साँझ टुंगिने गरी खेलतालिका प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम