मुख्य समाचार
शेख हसिना र उनका दुई सहयोगीको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने
शेख हसिना र उनका दुई सहयोगीको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने

— बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (आईसीटी–१) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनका दुई सहयोगीको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने भएको छ ।


गत जुलाईमा सुरु भएको आन्दोलनमा दमन गर्ने क्रममा मानवताविरुद्धको अपराध गरेको भन्दै हसिनाविरुद्ध मुद्दा चलाइएको हो । ट्राइबुनलका अध्यक्ष न्यायाधीश मोहम्मद गोलाम मोजुम्दरले १७ नोभेम्बरका लागि फैसला मिति तोकका हुन् ।

पूर्व गृहमन्त्री असदुजामन खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अल मामुनमाथि पनि मानवताविरुद्धको अपराध गरेको अभियोग लागेको छ ।

बंगलादेशमा (जुलाई देखि अगस्टको सुरुवात) २०२४ सम्म चलेको सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा झन्डै ६ सय ५० जना मारिएका थिए । त्यहीकारण यसलाई जुलाई नरसंहार पनि भन्ने गरिन्छ । यस प्रदर्शनपछि शेख हसिना ५ अगस्टमा देश छाडेर भागेकी थिइन् ।

हसिनामाथि हत्याको योजना बनाएको, हत्या प्रयास गरेको, यातना दिइएको र अन्य अमानवीय कार्य गरेको आरोपमा छानविन चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन गरेकी छन्। बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै उनले बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी र विपद् प्रतिकार्यका लागि करिब ५० जना अधिकारीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी छन्। संसद्‌मा बोल्दै विदेशमन्त्री वोङले भनिन्, ‘नेपाल र चीनको तिब्बतमा हामीले देखेको विनाश अकल्पनीय ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्। अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्। ‘चमत्कारको आशमा छौँ’ गत अगस्ट २६ मा हिमपहिरो पछि आएको बाढीले सीमाको ...
। जर्मनीको चरम-दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले पूर्वी राज्य सक्सोनी-आनहाल्टको राज्य चुनावमा ऐतिहासिक जित हासिल गरेको छ। एक्जिट पोल र प्रारम्भिक नतिजाअनुसार एएफडीले करिब ४४ प्रतिशत भोट प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित भएको छ। दोस्रो विश्वयुद्धपछि पहिलोपटक कुनै चरम-दक्षिणपन्थी पार्टी जर्मन राज्यस्तरमा सत्ताको यति नजिक पुगेको हो। यो नतिजा चान्सलर फ्रेडरिक मर्ज ...
। इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब एक लाख ७० हजार यात्रु अलपत्र परेका छन् । ज्वालामुखीको खरानीका कारण ती विमानस्थलबाट हुने उडानहरू अस्थायी रूपमा रोकिएको छ । आइतबार बिहान राजधानी जकार्तास्थित सोएकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले बन्द गरिएको थियो । विमानस्थल आसपासको हवाई क्षेत्रमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी भेटिएपछि यस्तो निर्णय गरिएको हो। इन्डोनेसियाको यातायात ...
। इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले इरानी सेनाको शक्तिशाली जवाफबाट अमेरिका र उसका सहयोगीहरू हताश अवस्थामा पुगेको दाबी गरेका छन् । आइतबार संसद्लाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘इरानी सैन्य बलले अमेरिकी ठेगानाहरूमा शक्तिशाली आक्रमण गरेपछि अमेरिका र उसका सहयोगी देशहरू हताश अवस्थामा पुगेका छन्,’ गालिबाफले भनेका छन् । उनले विरोधी पक्षले नाराका ...