मुख्य समाचार
यूएईले भदौ २४ गतेदेखि रोकिएको भिजिट भिसाको आवेदन लिन सुरु
यूएईले भदौ २४ गतेदेखि रोकिएको भिजिट भिसाको आवेदन लिन सुरु

— संयुक्त अरब इमिरेट्स (यूएई) ले भदौ २४ गतेदेखि रोकिएको भिजिट भिसाको आवेदन बिहीबारदेखि लिन सुरु गरेको छ । रोजगारी भिसाको विषयमा भने यूएईले अझै निर्णय गरेको छैन ।


भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा जेलबाट कैदी भागेपछि यूएईले नेपालीका लागि भिजिट र वर्किङ भिसा दिन बन्द गरेको थियो । भिसासम्बन्धी काम गर्ने नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र थापाले बिहीबारदेखि यूएईले आवेदनलाई स्वीकार गर्न थालेको बताए । यूएईले अझै नेपालीको लागि भिसा बन्द गरेको औपचारिक जानकारी दूतावासलाई दिएको छैन । उसले सार्वजनिक रूपमा सूचना पनि जारी गरेको छैन ।

अध्यागमन विभागका अनुसार पछिल्लो जुलाईदेखि सेम्टेम्बर २५ सम्म १२ हजार ७ सय ९७ जना पुगेका छन् । जसमा ४ हजार ४ सय २० जना रहेका छन् । यूएई नेपालीका लागि प्रमुख गन्तव्य हो । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनेमध्ये झन्डै ४० प्रतिशत यूएई जानेहरू छ । साउन महिनामा दैनिक सरदर ७९४ जनाले यूएई जानका लागि श्रम स्वीकृति लिएको देखिन्छ ।

यस्तै अघिल्लो आर्थिक वर्षको तथ्यांकले दैनिक ७५२ जना हाराहारीले यूएई जान श्रम स्वीकृति लिएको देखिन्छ । यसबाहेक भिजिट भिसाकै सहारामा समेत दैनिक २०० जना हाराहारीका नेपाली नागरिक यूएई जाने गरेको विभिन्न अनौपचारिक स्रोतको दाबी छ ।


चालु आर्थिक वर्षको साउन महिनाको तथ्यांक हेर्ने हो भने पनि यूएई जानका लागि १७ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै ६ हजार ५९ जनाले पुनः श्रमस्वीकृति लिएका छन् । यस आधारमा कुल गरेर साउन महिनामा मात्रै यूएईका लागि २३ हजार ८३८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउछ

आर्थिक वर्ष २०८१/०८२ को तथ्यांक अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) जानका लागि २ लाख १ हजार १४८ जनाले श्रम स्वीकृति लिए । यो तथ्यांक पुनः श्रमस्वीकृतिबाहेकको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन गरेकी छन्। बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै उनले बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी र विपद् प्रतिकार्यका लागि करिब ५० जना अधिकारीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी छन्। संसद्‌मा बोल्दै विदेशमन्त्री वोङले भनिन्, ‘नेपाल र चीनको तिब्बतमा हामीले देखेको विनाश अकल्पनीय ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्। अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्। ‘चमत्कारको आशमा छौँ’ गत अगस्ट २६ मा हिमपहिरो पछि आएको बाढीले सीमाको ...
। जर्मनीको चरम-दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले पूर्वी राज्य सक्सोनी-आनहाल्टको राज्य चुनावमा ऐतिहासिक जित हासिल गरेको छ। एक्जिट पोल र प्रारम्भिक नतिजाअनुसार एएफडीले करिब ४४ प्रतिशत भोट प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित भएको छ। दोस्रो विश्वयुद्धपछि पहिलोपटक कुनै चरम-दक्षिणपन्थी पार्टी जर्मन राज्यस्तरमा सत्ताको यति नजिक पुगेको हो। यो नतिजा चान्सलर फ्रेडरिक मर्ज ...
। इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब एक लाख ७० हजार यात्रु अलपत्र परेका छन् । ज्वालामुखीको खरानीका कारण ती विमानस्थलबाट हुने उडानहरू अस्थायी रूपमा रोकिएको छ । आइतबार बिहान राजधानी जकार्तास्थित सोएकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले बन्द गरिएको थियो । विमानस्थल आसपासको हवाई क्षेत्रमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी भेटिएपछि यस्तो निर्णय गरिएको हो। इन्डोनेसियाको यातायात ...
। इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले इरानी सेनाको शक्तिशाली जवाफबाट अमेरिका र उसका सहयोगीहरू हताश अवस्थामा पुगेको दाबी गरेका छन् । आइतबार संसद्लाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘इरानी सैन्य बलले अमेरिकी ठेगानाहरूमा शक्तिशाली आक्रमण गरेपछि अमेरिका र उसका सहयोगी देशहरू हताश अवस्थामा पुगेका छन्,’ गालिबाफले भनेका छन् । उनले विरोधी पक्षले नाराका ...