मुख्य समाचार
यूएईले भदौ २४ गतेदेखि रोकिएको भिजिट भिसाको आवेदन लिन सुरु
यूएईले भदौ २४ गतेदेखि रोकिएको भिजिट भिसाको आवेदन लिन सुरु

— संयुक्त अरब इमिरेट्स (यूएई) ले भदौ २४ गतेदेखि रोकिएको भिजिट भिसाको आवेदन बिहीबारदेखि लिन सुरु गरेको छ । रोजगारी भिसाको विषयमा भने यूएईले अझै निर्णय गरेको छैन ।


भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा जेलबाट कैदी भागेपछि यूएईले नेपालीका लागि भिजिट र वर्किङ भिसा दिन बन्द गरेको थियो । भिसासम्बन्धी काम गर्ने नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र थापाले बिहीबारदेखि यूएईले आवेदनलाई स्वीकार गर्न थालेको बताए । यूएईले अझै नेपालीको लागि भिसा बन्द गरेको औपचारिक जानकारी दूतावासलाई दिएको छैन । उसले सार्वजनिक रूपमा सूचना पनि जारी गरेको छैन ।

अध्यागमन विभागका अनुसार पछिल्लो जुलाईदेखि सेम्टेम्बर २५ सम्म १२ हजार ७ सय ९७ जना पुगेका छन् । जसमा ४ हजार ४ सय २० जना रहेका छन् । यूएई नेपालीका लागि प्रमुख गन्तव्य हो । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनेमध्ये झन्डै ४० प्रतिशत यूएई जानेहरू छ । साउन महिनामा दैनिक सरदर ७९४ जनाले यूएई जानका लागि श्रम स्वीकृति लिएको देखिन्छ ।

यस्तै अघिल्लो आर्थिक वर्षको तथ्यांकले दैनिक ७५२ जना हाराहारीले यूएई जान श्रम स्वीकृति लिएको देखिन्छ । यसबाहेक भिजिट भिसाकै सहारामा समेत दैनिक २०० जना हाराहारीका नेपाली नागरिक यूएई जाने गरेको विभिन्न अनौपचारिक स्रोतको दाबी छ ।


चालु आर्थिक वर्षको साउन महिनाको तथ्यांक हेर्ने हो भने पनि यूएई जानका लागि १७ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै ६ हजार ५९ जनाले पुनः श्रमस्वीकृति लिएका छन् । यस आधारमा कुल गरेर साउन महिनामा मात्रै यूएईका लागि २३ हजार ८३८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउछ

आर्थिक वर्ष २०८१/०८२ को तथ्यांक अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) जानका लागि २ लाख १ हजार १४८ जनाले श्रम स्वीकृति लिए । यो तथ्यांक पुनः श्रमस्वीकृतिबाहेकको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...