मुख्य समाचार
अस्ट्रेलियामा सवारी दुर्घटनामा परी एकै परिवारका ३ नेपालीको मृत्यु
अस्ट्रेलियामा सवारी दुर्घटनामा परी एकै परिवारका ३ नेपालीको मृत्यु

: भिक्टोरिया राज्यको ग्रामीण क्षेत्रमा भएको एउटा दुर्घटनामा एउटै परिवारका ३ सदस्यको मृत्यु भएको छ। जसमा एक सानो बच्चा पनि भएको प्रहरीले जनाएको छ। उनीहरू नेपाली भएको पनि प्रहरीले पुष्टि गरेको छ।




मेलबर्नदेखि केही टाढा एक ट्रक र कार आपसमा ठोक्किदा यहाँ बस्दै आएका कारमा सवार नेपालीको मृत्यु भएको हो। दुई दिनअघि बलाराटको पश्चिमस्थित युरामबिन–स्त्रिथम रोड र माउन्ट विलियम रोडको चौराहा क्षेत्रमा दुर्घटना भएको थियो।


प्रहरीका अनुसार उनीहरू जिलोङमा बस्दै आएका थिए। एउटै परिवारका ४ जना सवार कारले स्टप साइन नदेखिकन वा नरोकी ट्रक गुडेको बाटो तिर जाँदा घटना भएको थियो। प्रहरीको भनाइअनुसार ट्रकले कारलाई टी–आकारमा ठोक्कायो र कार धेरै पटक घुमेर अन्ततः आफ्नो यात्रु पक्षमा पल्टियो। कार चालक (४१ वर्षे पुरुष), उनकी ३१ वर्षीया श्रीमती र तीन वर्षको छोरा घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर अहिलेसम्मकै उच्च भएको छ । सरकारी तथ्यांकअनुुुसार नेपालबाट यहाँका शैक्षिक संस्थामा आवेदन दिएकामध्ये करिब ६४ प्रतिशत विद्यार्थीको भिसा आवेदन अस्वीकृत भएको हो । पछिल्लो समयमा अस्ट्रेलियन सरकारले उच्च शिक्षा अध्ययनमा आउने विद्यार्थीको छनोट प्रक्रियामा अझ कडाइ गरेपछि भिसा अस्वीकृत हुने क्रम अत्यधिक ...
। दक्षिण–पूर्व एशियाली मुलुकहरूका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका ८ सय ६० जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरहरूबाट उनीहरूको उद्धार गरिएको हो । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उद्धार गरिएकामध्ये ७ सय ३३ जना कम्बोडियाबाट, १ सय १३ जना म्यानमारबाट, ८ ...
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम