मुख्य समाचार
टिकटको मूल्य निर्धारण
टिकटको मूल्य निर्धारण

: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि टिकटको मूल्य निर्धारण गरेको छ। नेपाल क्रिकेट संघ क्यानले पहिलो ६ दिनका लागि टिकट बिक्री खुल्ला गरेको एक विज्ञप्ति मार्फत जानकारी दिएको छ।


साधारण टिकटको मूल्य ५०० तोकिएको छ । प्लेअफ र फाइनलको टिकटको मूल्य भने १ हजार रुपैयाँ तोकिएको छ। साधारण दिनमा प्रिमियम टिकटको मूल्य भने १ हजार रुपैयाँ तोकिएको छ। प्रिमियम टिकट अन्तर्गत शनिबारको टिकटको मूल्य १५०० तोकिएको छ।


प्ले अफ र फाइनलको बेला प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ रहेको छ। सिजन भरिको पासको लागि भने १५‌ हजार मूल्य क्यानले तोकेको छ। नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आइसीसी टी २० विश्वकप २०२६ खेल्ने नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले आइसीसी विश्वकप २०२६ को ट्रफीसँगै विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको हो। नेपालको जर्सी गाढा निलो रंगमा चन्द्र र सूर्य अङ्कित रहेको छ। समर्थकहरूका लागि जर्सी नेपाली रुपैयाँ ७९९ रुपैयाँमा उपलब्ध गराउने भाटभटेनी होल्डिङका म्यानेजर आलोक ...
— राष्ट्रपति रामचन्द्र पौडेलले ट्वान्टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति भवन, शीतल निवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, 'नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा ...
— इंग्ल्यान्डको लन्डनलाई केन्द्रित बनाएर व्यवसाय गर्दै आएको ‘माया ग्रुप’ ले ९ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउँदै प्रायोजन सम्झौता गरेको छ । व्यवसायसँगै नेपाली क्रिकेट र खेलकुदमा दीर्घकालीन योजनाहरू बनाएर कार्य गर्दै आएको ‘माया ग्रुप’ सन् २०१८ मा स्थापना भएको थियो । ‘माया ग्रुप’ ले आइतबार एक कार्यक्रममार्फत नेपाली राष्ट्रिय टोली र उदीयमान खेलाडी गरी ९ खेलाडीसँग ...
— बंगलादेशले अहिलेकै स्थिति कायम रहने हो भने अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि आफ्नो टिम भारत नजाने आइतबार जनाएको छ । बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेल अन्यत्र सार्न भने अनुरोध गरेको छ । दुई देशबीच तनाव उत्पन्न भएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को अनुरोधमा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकाता नाइटराइडर्सले बंगलादेशी ...
— इन्जो फर्नान्डेजले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गरेको गोलको मदतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ । इतिहाडमा भएको खेलमा टिजानी रेजिन्डर्सको गोलले सिटीले पहिलो हाफमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । यो नतिजापछि सिटी ४२ अंकमा दोस्रो स्थानमा उक्लेको छ । आर्सनल ४८ अंकमा शीर्षमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम