मुख्य समाचार
अष्ट्रेलियाका वैज्ञानिकले टाउकोमा सिङ भएको मौरीको नयाँ प्रजाति
अष्ट्रेलियाका वैज्ञानिकले टाउकोमा सिङ भएको मौरीको नयाँ प्रजाति

अष्ट्रेलियाका वैज्ञानिकले टाउकोमा सिङ भएको मौरीको नयाँ प्रजाति पत्ता लगाएका छन्। यो मौरीले आफ्नो अनौठो डिजाइनका कारण धेरै ध्यान खिचेको छ। नेटफ्लिक्स कार्यक्रमबाट प्रेरित भएर वैज्ञानिकहरूले मौरीलाई ʻलूसिफरʼनाम दिएका छन्।

सोमबार हाइमेनोप्टेरा जर्नलमा प्रकाशित एक अध्ययन अनुसार वैज्ञानिकहरूले २०१९ मा पश्चिमी अस्ट्रेलियाको गोल्डफिल्ड्स जंगलमा लोपोन्मुख जंगली फूलहरूको सर्वेक्षण गरिरहेका थिए। उनीहरूले मेगाचिल ʻलूसिफरʼ नामक मौरी पत्ता लगाए।


अध्ययनका प्रमुख लेखक किट प्रेन्डरगास्टका अनुसार यो टाउकोमा एउटा अनौठो सिङ भएको पोथी मौरी हो। यसको शैतान जस्तो सिङका कारण यसलाई ʻलूसिफरʼउपनाम दिइएको छ।



प्रेन्डरगास्ट मौरीको डीएनए परीक्षण पनि गरिएको बताए। डेटा वैज्ञानिकहरूले अन्य कुनै पनि मौरी प्रजातिसँग यसले मेल खाँदैन। वैज्ञानिकहरूका अनुसार यो एउटा नयाँ खोज हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...