मुख्य समाचार
अमेरिकी नौसेनाको स्ट्राइक फोर्स विश्वको सबैभन्दा ठूलो युद्धपोत यूएसएस जेराल्ड आर फोर्डको नेतृत्वमा क्यारिबियन सागरमा तैनाथ
अमेरिकी नौसेनाको स्ट्राइक फोर्स विश्वको सबैभन्दा ठूलो युद्धपोत यूएसएस जेराल्ड आर फोर्डको नेतृत्वमा क्यारिबियन सागरमा तैनाथ

: अमेरिकी नौसेनाको स्ट्राइक फोर्स विश्वको सबैभन्दा ठूलो युद्धपोत यूएसएस जेराल्ड आर फोर्डको नेतृत्वमा क्यारिबियन सागरमा तैनाथ गरिएको छ। यो तैनाथ गत महिना राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको हो।

अमेरिकाले क्यारिबियन सागरमा लागूऔषध बोकेका डुङ्गामा आक्रमण गरिरहेको र भेनेजुएलासँग तनाव बढिरहेको समयमा युद्धपोत तैनाथ गरिएको छ।


अमेरिकाले हालसम्म क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा कम्तीमा १९ वटा आक्रमण गरिसकेको छ। यसमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ।



दशकौंको सैन्य विस्तार पछि अमेरिकाले क्यारिबियन सागरमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। हालै यस क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लागेका धेरै साना डुङ्गामाथि आक्रमण भएको छ।

तर अमेरिकाले यी आक्रमणमा नष्ट गरिएका डुङ्गा गैरकानूनी गतिविधिमा संलग्न थिए भन्ने कुनै प्रमाण प्रदान गरेको छैन। यी आक्रमणमा मारिएका मानिसबारे जानकारी पनि दिएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बंगलादेशको अन्तरिम सरकारले अर्को संसदीय चुनावको दिन जनमत संग्रह गर्ने निर्णय गरेको छ। प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो कुरा बताएका हुन्। गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलनपछि तयार पारिएको जुलाई बडापत्र कार्यान्वयन गर्न जनमत संग्रह हुनेछ। अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा संसदीय चुनाव हुने र सोही दिन जनमत संग्रह हुने ...
: टर्कीको सैन्य कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ । टर्कीका रक्षामन्त्रीले विमानमा सवार सबैको मृत्यु भएको बुधबार घोषणा गरे । अजरबैजानको गान्जाबाट टर्की जाँदै गरेको सी–१३० बिमान मंगलबार अजरबैजानको सीमानजिकै जर्जियाको सिघनाघीमा दुर्घटनाग्रस्त भएको हो । विमान दुर्घटनाको कारणको हाल अनुसन्धान भइरहेको छ । टर्कीको अनुसन्धान टोली दुर्घटनास्थलमा पुगेर जर्जियाली अधिकारीहरूसँग समन्वय गरी विमानको भग्नावशेषको ...
: अमेरिकाले भारत, इरान, चीन, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र अन्य क्षेत्रका ३२ संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले यी सबैले इरानको ब्यालिस्टिक मिसाइल र ड्रोन उत्पादनसँग जोडिएका आपूर्ति नेटवर्क चलाउने गरेको भनेको छ। केहीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का लागि पनि काम गर्ने गरेको अमेरिकाले आरोप लगाएको छ। आईआरजीसी धार्मिक, राजनीतिक र आर्थिक ...
अष्ट्रेलियाका वैज्ञानिकले टाउकोमा सिङ भएको मौरीको नयाँ प्रजाति पत्ता लगाएका छन्। यो मौरीले आफ्नो अनौठो डिजाइनका कारण धेरै ध्यान खिचेको छ। नेटफ्लिक्स कार्यक्रमबाट प्रेरित भएर वैज्ञानिकहरूले मौरीलाई ʻलूसिफरʼनाम दिएका छन्। सोमबार हाइमेनोप्टेरा जर्नलमा प्रकाशित एक अध्ययन अनुसार वैज्ञानिकहरूले २०१९ मा पश्चिमी अस्ट्रेलियाको गोल्डफिल्ड्स जंगलमा लोपोन्मुख जंगली फूलहरूको सर्वेक्षण गरिरहेका थिए। उनीहरूले मेगाचिल ʻलूसिफरʼ नामक मौरी पत्ता ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले भदौ २४ गतेदेखि रोकिएको भिजिट भिसाको आवेदन बिहीबारदेखि लिन सुरु गरेको छ । रोजगारी भिसाको विषयमा भने यूएईले अझै निर्णय गरेको छैन । भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा जेलबाट कैदी भागेपछि यूएईले नेपालीका लागि भिजिट र वर्किङ भिसा दिन बन्द गरेको थियो । भिसासम्बन्धी काम गर्ने नमस्ते ट्राभलका ...