: वीरगन्जको एक किराना पसलबाट लागूऔषध गाँजासहित पसलका सञ्चालक पक्राउ परेका छन्। पसलमा गाँजा बेचेको आरोपमा वीरगन्ज महानगरपालिका–३२ चोर्नीका खेदु महतो धानुकलाई प्रहरीले पक्राउ गरेको हो।
चोर्नीस्थित धानुकको किराना पसलबाट ८ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पसलका सञ्चालक धानुकलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।