: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप भएको दाबी गरेका छन्। आज तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा सम्मेलनमा उपमहासचिव ज्ञवालीले यथास्थितिमा भएको चुनावको कुनै औचित्य नहुने बताएका हुन्।
´संसद् पुनर्स्थापना, संविधान संशोधन, जेन-जीसहितको सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप हो ।` ज्ञवालीले भने, ´यथास्थितिमा चुनाव भएको त्यसको कुनै औचित्य हुँदैन।`
उनले यथास्थितिमा हुने चुनावले शाही कालमा भएको स्थानीय सरकार जस्तै हुने बताए। उनले सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण गराउन तयार नभएको आरोप लगाए । दलका नेताको अनुहार हेर्नु छैन् भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव बनाउन नचाहेको उनको भनाइ छ ।
उनले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले अहिले शासन गरेको दाबी समेत गरे । ´अहिले संविधान घाइते अवस्थामा छ । लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ ।`