मुख्य समाचार
विराट गोल्डकप फुटबलको नवौं संस्करण सम्पन्न भएको ८ महिनापछि हिसाबकिताब सार्वजनिक
विराट गोल्डकप फुटबलको नवौं संस्करण सम्पन्न भएको ८ महिनापछि हिसाबकिताब सार्वजनिक

: विराटनगरको ऐतिहासिक विराट गोल्डकप फुटबलको नवौं संस्करण सम्पन्न भएको ८ महिनापछि हिसाबकिताब सार्वजनिक गरिएको छ।




आयोजकले बिहीबार मोरङ उद्योग व्यापार संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर गोल्डकपको आयव्यय विवरण सार्वजनिक गरेको हो। करिब ३ लाख रुपैयाँ नाफा देखाएर विवरण सार्वजनिक गरिएको हो। उद्योगी नवीन रिजालको संयोजकत्व र विराट गोल्डकप ट्रष्टको समन्वयमा प्रतियोगिता २०८१ फागुन १९ देखि २८ गतेसम्म विराटनगरको सहिद रंगशालामा आयोजना गरिएको थियो।


उक्त प्रतियोगितामा २ लाख ९४ हजार ३ सय ७४ रुपैयाँ ३४ पैसा नाफा भएको रिजालले बताए। १ करोड ७ लाख २१ हजार १ सय ८७ रुपैयाँ आम्दानी हुँदा १ करोड ४ लाख २६ हजार ८ सय १२ रुपैयाँ ६६ पैसा खर्च भएको जानकारी उनले दिए। उनका अनुसार प्रयोजकबाट ५० लाख ४८ हजार ७ सय ४०, टिकट बिक्रीबाट २३ लाख ९ हजार ५ सय, विराटनगर महानगरपालिकाबाट १४ लाख ८२ हजार ९ सय ९२, कोशी प्रदेश खेलकुद विकास बोर्डबाट ५ लाख ९२ हजार ४५, कोशी प्रदेश सरकारबाट ४ लाख ९२ हजार ५ सय, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री उद्धव थापाको संसद विकास कोषबाट ४ लाख ९३ हजार ३ सय १०, राष्ट्रिय खेलकुद परिषदबाट २ लाख ९५ हजार ५ सय र अन्यबाट ६६ हजार रुपैयाँ आम्दानी भएको थियो।



केही ठाउँबाट अझै रकम उठ्न बाँकी रहेको र प्रतिबद्धता जनाएका कतिपयले सहयोग नगरेको रिजालले बताए। गोल्डकपको सातौं र आठौं संस्करणले भने नोक्सानी बेहोर्नु परेको थियो। लगातार २ वर्ष घाटामा गएको गोल्डकपको नवौं संस्करण भने नाफा कमाउन सफल भएको हो। ‘घाटामा गइरहेको गोल्डकपलाई नाफामा लैजान सफल भयौं,’ गोल्डकपका संयोजक रिजाल भन्छन्, ‘तर, बजारमा अझै पनि केही रकम संकलन हुन बाँकी छ।’

उनका अनुसार प्रदेश सरकार र खेलकुद विकास बोर्डबाट अपेक्षाकृत सहयोग पाउन सकिएन। फागुन २८ गते सम्पन्न गोल्डकपको उपाधि भिडन्तमा डार्बी क्लब ललितपुरलाई २–० गोल अन्तरले निराश बनाउँदै थ्री स्टार क्बलले उपाधि उचालेको थियो। विजेता टिमलाई ११ लाख र उपविजेता टिमलाई ५ लाख नगद पुरस्कार प्रदान गरिएको थियो।

विराट गोल्डकप ट्रष्ट आफैंले आयोजना गरेको आठौं संस्करणमा २२ लाख ६२ हजार रुपैयाँ र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको संयोजकत्वमा सम्पन्न सातौं संस्करणमा ८७ लाख रुपैयाँ बराबरको नोक्सानी भएको विवरण सार्वजनिक गरिएको थियो। नवौं संकरणका संयोजक रिजालले विषम परिस्थितिमा प्रतियोगिता सम्पन्न गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आइसीसी टी २० विश्वकप २०२६ खेल्ने नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले आइसीसी विश्वकप २०२६ को ट्रफीसँगै विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको हो। नेपालको जर्सी गाढा निलो रंगमा चन्द्र र सूर्य अङ्कित रहेको छ। समर्थकहरूका लागि जर्सी नेपाली रुपैयाँ ७९९ रुपैयाँमा उपलब्ध गराउने भाटभटेनी होल्डिङका म्यानेजर आलोक ...
— राष्ट्रपति रामचन्द्र पौडेलले ट्वान्टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति भवन, शीतल निवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, 'नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा ...
— इंग्ल्यान्डको लन्डनलाई केन्द्रित बनाएर व्यवसाय गर्दै आएको ‘माया ग्रुप’ ले ९ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउँदै प्रायोजन सम्झौता गरेको छ । व्यवसायसँगै नेपाली क्रिकेट र खेलकुदमा दीर्घकालीन योजनाहरू बनाएर कार्य गर्दै आएको ‘माया ग्रुप’ सन् २०१८ मा स्थापना भएको थियो । ‘माया ग्रुप’ ले आइतबार एक कार्यक्रममार्फत नेपाली राष्ट्रिय टोली र उदीयमान खेलाडी गरी ९ खेलाडीसँग ...
— बंगलादेशले अहिलेकै स्थिति कायम रहने हो भने अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि आफ्नो टिम भारत नजाने आइतबार जनाएको छ । बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेल अन्यत्र सार्न भने अनुरोध गरेको छ । दुई देशबीच तनाव उत्पन्न भएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को अनुरोधमा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकाता नाइटराइडर्सले बंगलादेशी ...
— इन्जो फर्नान्डेजले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गरेको गोलको मदतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ । इतिहाडमा भएको खेलमा टिजानी रेजिन्डर्सको गोलले सिटीले पहिलो हाफमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । यो नतिजापछि सिटी ४२ अंकमा दोस्रो स्थानमा उक्लेको छ । आर्सनल ४८ अंकमा शीर्षमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम