मुख्य समाचार
बंगलादेशको अन्तरिम सरकारले अर्को संसदीय चुनावको दिन जनमत संग्रह गर्ने निर्णय
बंगलादेशको अन्तरिम सरकारले अर्को संसदीय चुनावको दिन जनमत संग्रह गर्ने निर्णय

: बंगलादेशको अन्तरिम सरकारले अर्को संसदीय चुनावको दिन जनमत संग्रह गर्ने निर्णय गरेको छ। प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो कुरा बताएका हुन्।

गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलनपछि तयार पारिएको जुलाई बडापत्र कार्यान्वयन गर्न जनमत संग्रह हुनेछ।


अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा संसदीय चुनाव हुने र सोही दिन जनमत संग्रह हुने बताए।



उनले जनमत संग्रहको मतपत्रसँगै मतदातालाई 'हो' वा 'होइन'मा चार प्रश्नको उत्तर दिन आग्रह गरिने बताए।

एनसीपीले बडापत्रमा गरिएका प्रतिज्ञा कार्यान्वयन गर्न कुनै कानुनी रूपरेखा वा आवश्यक ग्यारेन्टी नभएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युरोपेली युनियनले रुसी स्टेट डुमा चुनावको गोप्य रूपमा अनुगमन गर्न विशेष पर्यवेक्षकहरू तयार पारिरहेको बताएका छन्। अनलाइन प्रोजेक्ट ‘सामा मेन्सोभा’ लाई दिएको अन्तर्वार्तामा लाभरोभले युरोपेली युनियनले हाम्रा चुनावहरू कसरी सञ्चालन हुन्छन् भनेर गोप्य रूपमा अनुगमन गर्न केही विशेष पर्यवेक्षकहरूलाई तालिम दिन थालेको जानकारी प्राप्त गरिरहेको बताए। ‘हाम्रा चुनावहरू कसरी सञ्चालन हुन्छन् ...
। बुधबार अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गर्‍यो। बिक्री र प्रवाह पनि सुरु गर्‍यो। अमेरिका स्थापनाको २५०औं वार्षिकोत्सव अर्थात् ‘सेमिक्विनसेन्टेनियल’ मनाउने सन्दर्भ पारेर यो नयाँ सिक्का जारी गरिएको हो। आधुनिक अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर धातुको मुद्रामा राखिएको यो विरलै घट्ने घटना हो। यसअघि सन् १८६६ ...
। सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा हुने १८ औँ ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनपिङ सहभागी हुने वा नहुने विषयमा अझै स्थिति स्पष्ट भएको छैन। चीनले मंगलबार सी चिनपिङको सहभागिताको सम्भावनाबारे कुनै स्पष्ट जवाफ दिएको छैन। चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीनले ब्रिक्स सहयोगलाई निकै महत्त्व ...
: सन् २००९ मा डेनमार्कको कोपेनहेगनमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–१५) ले विश्व जलवायु राजनीतिमा ठूलो आशा जगाएको थियो। त्यतिबेला विकसित देशहरूले विकासशील तथा अल्पविकसित देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए। सम्मेलनपछि सार्वजनिक भएको कोपेनहेगन सम्झौतामा विकसित देशहरूले सन् २०२० सम्ममा विकासशील तथा अल्पविकसित देशका लागि वार्षिक १०० अर्ब अमेरिकी डलर सहायता जुटाउने लक्ष्य राखेका थिए। ...
। नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन गरेकी छन्। बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै उनले बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी र विपद् प्रतिकार्यका लागि करिब ५० जना अधिकारीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी छन्। संसद्‌मा बोल्दै विदेशमन्त्री वोङले भनिन्, ‘नेपाल र चीनको तिब्बतमा हामीले देखेको विनाश अकल्पनीय ...