— जुम्लामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय जुम्लाका अनुसार दुर्घटनामा पातारासी गाउँपालिका-३ हुरीका जनबहादुर बुढाको मृत्यु भएको हो ।
दुर्घटनालगत्तै घाइते बुढालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिए पनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुकी चन्दननाथ-६ स्थित यातायात कार्यालय नजिकै पार्किङ गरेर राखेको ट्र्याक्टरमा मोटरसाइकल ठोकिएको थियो । ट्राफिक प्रहरीका हवलदार झलक गिरीले भे १ त १८६८ नम्बरको ट्र्याक्टरमा भे ७ प २२२२ नम्बरको मोटरसाइकल ठोकिएको बताए । घाइतेको उपचार भइरहेको छ ।
दुर्घटनालगत्तै प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरी हवल्दार गिरीले जानकारी दिए ।