मुख्य समाचार
पाकिस्तान टुरमा रहेका श्रीलंकन टिमका खेलाडीलाई श्रीलंका क्रिकेट (एसएलसीर)ले चेतावनी
पाकिस्तान टुरमा रहेका श्रीलंकन टिमका खेलाडीलाई श्रीलंका क्रिकेट (एसएलसीर)ले चेतावनी

: पाकिस्तान टुरमा रहेका श्रीलंकन टिमका खेलाडीलाई श्रीलंका क्रिकेट (एसएलसीर)ले चेतावनी दिएको छ। पाकिस्तानको इस्लामाबादमा भएको बम विस्फोटपछि केही खेलाडीले आफूहरू घर फर्कन चाहेको बताएका थिए।




विशेषतः खेलाडीको परिवारका सदस्यले उनीहरूको सुरक्षाको चिन्ताले पाकिस्तान छोड्न सल्लाह दिएको बताइएको थियो। श्रीलंकन टिम इस्लामाबादमा नै रहेको छ । जहाँ मंगलबार बम विस्फोट भएको थियो।


श्रीलंकन टिमका प्रमुख प्रशिक्षक सनथ जयासूर्याले भने, ‘सर्पोट स्टाफमा हामी निकै स्पष्ट छौँ। हामी यो टुर पूरा गर्न चाहन्छौँ,’उनले भने,‘हामीले खेलाडीको चिन्ता सुनेका छौँ। हामी बसेर छलफल गर्ने छौँ।’



श्रीलंकन क्रिकेटले खेलाडी र टुरमा रहेका सर्पोट सदस्यहरूलाई खेलको निर्धारित तालिकाअनुसार खेलेर आउन निर्देशन दिएको छ। श्रीलंकन बोर्डले भनेको छ, ‘यदि कोही खेलाडी वा सदस्यले बोर्डको निर्देशन बाहेक श्रीलंका फिर्ता आएमा बोर्डले उनीहरूको समीक्षा गरेर निर्णय लिनेछ।’ खेलाडीको श्रीलंका फर्कन चाहेको अनुरोधमा बोर्ड हाल मौन रहेको छ।

श्रीलंकाले हाल ३ खेल सम्मेलित एकदिवसीय सिरिजको १ खेल मात्रै खेलेको छ। त्यसपछि टिमले लगत्तै जिम्बावे, पाकिस्तानसम्मेलित त्रिदेशीय सिरिज खेल्ने तालिका रहेको छ।

श्रीलंकन टिम २००९ मा पनि पाकिस्तानमा भएको आतंककारी हमलाको शिकार भएको थियो। लामो समयको निर्वासन पछि पाकिस्तान भ्रमण सुरु गर्ने टोलीहरूमध्ये श्रीलंका एक टिम हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट मूल्य सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रंगशालामा मंसिर १ देखि २७ सम्म हुने एपीएल हेर्नका लागि दर्शकले ५ सय देखि २ हजारसम्म तिर्नुपर्नेछ । पहिलो चरणमा पहिलो ६ दिनको खेलका लागि टिकट बिक्री खुल्ला गरिएको क्यानले जनाएको छ । ...
: विराटनगरको ऐतिहासिक विराट गोल्डकप फुटबलको नवौं संस्करण सम्पन्न भएको ८ महिनापछि हिसाबकिताब सार्वजनिक गरिएको छ। आयोजकले बिहीबार मोरङ उद्योग व्यापार संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर गोल्डकपको आयव्यय विवरण सार्वजनिक गरेको हो। करिब ३ लाख रुपैयाँ नाफा देखाएर विवरण सार्वजनिक गरिएको हो। उद्योगी नवीन रिजालको संयोजकत्व र विराट गोल्डकप ट्रष्टको समन्वयमा प्रतियोगिता २०८१ फागुन ...
: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि टिकटको मूल्य निर्धारण गरेको छ। नेपाल क्रिकेट संघ क्यानले पहिलो ६ दिनका लागि टिकट बिक्री खुल्ला गरेको एक विज्ञप्ति मार्फत जानकारी दिएको छ। साधारण टिकटको मूल्य ५०० तोकिएको छ । प्लेअफ र फाइनलको टिकटको मूल्य भने १ हजार रुपैयाँ तोकिएको छ। साधारण ...
— नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरेर खेलतालिका आइतबार सार्वजनिक गरिसकेको छ । फ्लडलाइट जडानको काम पनि तीव्ररुपमा चलेको छ । तर, जडानपछि पनि नेपाल विद्युत् प्राधिकरणको क्षमताअनुसारको विद्युत् लाइन नभएको भन्दै कम्पनीले यसपटक एनपीएलमा जेनेरेटर नै प्रयोग गरेर फ्लडलाइट बाल्ने तयारी गरिरहेको ...
— विराट गोल्ड कप फुटबल टुर्नामेन्ट–२०८१ बाट आयोजक समितिले २ लाख ९४ हजार रुपैयाँ नाफा गरेको छ। विराट गोल्ड कप फुटबल ट्रस्ट विराटनगरको आयोजनामा सञ्चालित नवौँ संस्करणको प्रतियोगिताबाट उक्त रकम नाफा गरिएको आयोजना समितिका संयोजक नविन रिजालले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए। गत वर्षको फागुन १९ देखि २८ गतेसम्म विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगिताबाट १ ...