मुख्य समाचार
पाकिस्तान टुरमा रहेका श्रीलंकन टिमका खेलाडीलाई श्रीलंका क्रिकेट (एसएलसीर)ले चेतावनी
पाकिस्तान टुरमा रहेका श्रीलंकन टिमका खेलाडीलाई श्रीलंका क्रिकेट (एसएलसीर)ले चेतावनी

: पाकिस्तान टुरमा रहेका श्रीलंकन टिमका खेलाडीलाई श्रीलंका क्रिकेट (एसएलसीर)ले चेतावनी दिएको छ। पाकिस्तानको इस्लामाबादमा भएको बम विस्फोटपछि केही खेलाडीले आफूहरू घर फर्कन चाहेको बताएका थिए।




विशेषतः खेलाडीको परिवारका सदस्यले उनीहरूको सुरक्षाको चिन्ताले पाकिस्तान छोड्न सल्लाह दिएको बताइएको थियो। श्रीलंकन टिम इस्लामाबादमा नै रहेको छ । जहाँ मंगलबार बम विस्फोट भएको थियो।


श्रीलंकन टिमका प्रमुख प्रशिक्षक सनथ जयासूर्याले भने, ‘सर्पोट स्टाफमा हामी निकै स्पष्ट छौँ। हामी यो टुर पूरा गर्न चाहन्छौँ,’उनले भने,‘हामीले खेलाडीको चिन्ता सुनेका छौँ। हामी बसेर छलफल गर्ने छौँ।’



श्रीलंकन क्रिकेटले खेलाडी र टुरमा रहेका सर्पोट सदस्यहरूलाई खेलको निर्धारित तालिकाअनुसार खेलेर आउन निर्देशन दिएको छ। श्रीलंकन बोर्डले भनेको छ, ‘यदि कोही खेलाडी वा सदस्यले बोर्डको निर्देशन बाहेक श्रीलंका फिर्ता आएमा बोर्डले उनीहरूको समीक्षा गरेर निर्णय लिनेछ।’ खेलाडीको श्रीलंका फर्कन चाहेको अनुरोधमा बोर्ड हाल मौन रहेको छ।

श्रीलंकाले हाल ३ खेल सम्मेलित एकदिवसीय सिरिजको १ खेल मात्रै खेलेको छ। त्यसपछि टिमले लगत्तै जिम्बावे, पाकिस्तानसम्मेलित त्रिदेशीय सिरिज खेल्ने तालिका रहेको छ।

श्रीलंकन टिम २००९ मा पनि पाकिस्तानमा भएको आतंककारी हमलाको शिकार भएको थियो। लामो समयको निर्वासन पछि पाकिस्तान भ्रमण सुरु गर्ने टोलीहरूमध्ये श्रीलंका एक टिम हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...