मुख्य समाचार
पेरुमा ६० जना यात्रु बोकेको बस खोंचमा खस्दा कम्तीमा ३७ जनाको मृत्यु
पेरुमा ६० जना यात्रु बोकेको बस खोंचमा खस्दा कम्तीमा ३७ जनाको मृत्यु

: पेरुमा ६० जना यात्रु बोकेको बस खोंचमा खस्दा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। पेरुलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा बस दुर्घटना भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार बस मोडमा पिकअप ट्रकसँग ठोक्किएको थियो र त्यसपछि ओकोना नदीतिरको खाल्डोमा खसेको थियो। रिपोर्टका अनुसार दुर्घटनामा दुवै चालक बाँच्न सफल भएका छन्। बस क्षतिग्रस्त अवस्थामा छ।


ओकोना जिल्लाका मेयर भाल्डोर लेरेनाले रेडियो स्टेशन आरपीपीलाई बताएअनुसार दुर्घटनास्थल वरपरको भू-भाग धेरै अप्ठ्यारो र यस क्षेत्रमा पहिले दुर्घटनाहरू हुने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यमनमा रहेको साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूको आक्रमणबाट कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ। बीबीसी फारसी सेवाका अनुसार गठबन्धनले यी आक्रमणहरूको निर्णायक जवाफ दिने बताएको छ। यमनको धेरै जनसंख्या भएको क्षेत्र र उत्तरी भागमा हुथी विद्रोहीहरूको नियन्त्रण छ। उनीहरूले जुलाई महिनामा साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दीको घोषणा गरेका थिए। ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्। अमेरिका–क्यानाडाबीच व्यापारिक तनाव बढिरहेका बेला उहाँले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ट्रम्पले अमेरिकामा बोम्बार्डियरका विमान बिक्री रोक्ने बताउँदै अमेरिकी बजार चाहने कम्पनीले अमेरिकामै उत्पादन गर्नुपर्ने उल्लेख गरे। बोम्बार्डियरले भने अमेरिकाभरि दशौँ ...
। रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युरोपेली युनियनले रुसी स्टेट डुमा चुनावको गोप्य रूपमा अनुगमन गर्न विशेष पर्यवेक्षकहरू तयार पारिरहेको बताएका छन्। अनलाइन प्रोजेक्ट ‘सामा मेन्सोभा’ लाई दिएको अन्तर्वार्तामा लाभरोभले युरोपेली युनियनले हाम्रा चुनावहरू कसरी सञ्चालन हुन्छन् भनेर गोप्य रूपमा अनुगमन गर्न केही विशेष पर्यवेक्षकहरूलाई तालिम दिन थालेको जानकारी प्राप्त गरिरहेको बताए। ‘हाम्रा चुनावहरू कसरी सञ्चालन हुन्छन् ...
। बुधबार अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गर्‍यो। बिक्री र प्रवाह पनि सुरु गर्‍यो। अमेरिका स्थापनाको २५०औं वार्षिकोत्सव अर्थात् ‘सेमिक्विनसेन्टेनियल’ मनाउने सन्दर्भ पारेर यो नयाँ सिक्का जारी गरिएको हो। आधुनिक अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर धातुको मुद्रामा राखिएको यो विरलै घट्ने घटना हो। यसअघि सन् १८६६ ...
। सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा हुने १८ औँ ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनपिङ सहभागी हुने वा नहुने विषयमा अझै स्थिति स्पष्ट भएको छैन। चीनले मंगलबार सी चिनपिङको सहभागिताको सम्भावनाबारे कुनै स्पष्ट जवाफ दिएको छैन। चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीनले ब्रिक्स सहयोगलाई निकै महत्त्व ...