मुख्य समाचार
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले गत वर्षको प्रदर्शनमा मानवताविरोधी कुनै काम नगरेको दाबी
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले गत वर्षको प्रदर्शनमा मानवताविरोधी कुनै काम नगरेको दाबी

— बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले गत वर्षको प्रदर्शनमा मानवताविरोधी कुनै काम नगरेको दाबी गरेकी छिन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले यस्तो दाबी गरेकी हुन् ।


हसिनाविरुद्धको मानवताविरोधी मुद्दामा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (आईसीटी–१) ले सोमबार फैसला सुनाउँदै छ ।

भारतमा रहेकी हसिनाले आफुमाथि लागेका मुद्दामा कुनै पनि बयान दिएकी छैनन् । उनले आफ्नो उपस्थिति बिना नै भएको मुद्दको सुनुवाईको कुनै अर्थ नरहने बताउँदै आएकी छिन् ।

बीबीसीसँग विशेष कुराकानी गर्दै उनले नियोजित रुपमा आफुलाई फसाउने प्रयास विपक्षीहरुले गरेकाले छानविनको नाटक अर्थहिन रहेको बताइन् ।

सरकारी अभियोजनकर्ताले उनीविरुद्ध मृत्युदण्ड माग गर्दै मुद्दा दायर गरेका छन् । सोमबारका लागि ढाकास्थित ट्राइबुनलमा सुरक्षा व्यवस्थ कडा पारिएको छ ।

गत जुलाईमा सुरु भएको आन्दोलनमा दमन गर्ने क्रममा मानवताविरुद्धको अपराध गरेको भन्दै हसिनाविरुद्ध मुद्दा चलाइएको हो । हसिनालाई यस दमनको पर्दापछाडिको मुख्य खेलाडी मानिएको छ ।

उनीमाथि हत्याको योजना बनाएको, हत्या प्रयास गरेको, यातना दिएको र अन्य अमानवीय कार्य गरेको आरोपमा छानविन चलिरहेको छ ।

हसिनालाई अपदस्थ गर्ने आन्दोलनमा सहिद भएका व्यक्तिका आफन्त र समग्र देशका लागि सोमबारको फैसला एउटा महत्वपूर्ण परिघटना हुनेछ ।

संयुक्त राष्ट्रसंघको छानविन समितिका सदस्यहरुले जुलाई-अगस्ट २०२४ मा भएको आन्दोलनमा झन्डै १४ सय जना मारिएको बताएका छन् । यद्पयी, फरक अध्ययनहरुले मारिनेको संख्या फरक देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...