मुख्य समाचार
प्रतिनिधिसभा र राष्ट्रिय सभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान
प्रतिनिधिसभा र राष्ट्रिय सभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

— निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज सूचना जारी गरी प्रतिनिधिसभाका लागि मंसिर १-१० र राष्ट्रिय सभाका लागि मंसिर १-७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।


आयोगको सूचनामा भनिएको छ, 'निर्वाचनमा भाग लिन चाहने दलले केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजातसहित आयोगमा निवेदन पेस गर्न अनुरोध गर्दछौँ ।'

प्रतिनिधिसभा निर्वाचनका लागि दुई वा दुईभन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि सोही निवेदनको साथमा बुझाउनुपर्ने आयोगले जनाएको छ । सूचनामा उल्लेख छ, 'दलको विधान, नियमावली तथा घोषणा पत्र, निर्वाचन चिह्नको नमुना र सोको विद्युतीय प्रति पनि पेस गर्न अनुरोध छ ।'

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ र प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते चुनाव तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सर्वोच्च अदालतले जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको निवेदनमा मिसिल झिकाउने आदेश गरेको छ। अहिराजको निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै जिल्ला र उच्च अदालतको फाइल मागेको हो। उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए। उनीले ...
: निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले शुक्रबार दुवै चुनावका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो। मंसिर १ देखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि र मंसिर १ देखि ...
— बाल यौन दुर्व्यवहार मुद्दाका दोषी एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । परशुराम नगरपालिका–४ कटालका २२ वर्षीय प्रेमबहादुर बोहरा अदालतले तोकेको फैसलाअनुसार पक्राउ परेका हुन्। अदालतले बोहरामाथि बाल यौन दुर्व्यववहार प्रकरणमा ४ महिना १६ दिन कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार आफ्नै घरबाट नियन्त्रणमा ...
राष्ट्रिय परिचयपत्र प्रयोग गरी ३७ हजारभन्दा बढीले गराए मतदाता नामावली दर्ता
: यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएको छ। विभागले आज सूचना जारी गरेर डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि सेवा बन्द गरिएको जानकारी दिएको छ। कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको सेवा आजदेखि बन्द भएको हो।