: महोत्तरी प्रहरीले महिलामाथि चक्कु प्रहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। औरही नगरपालिका १ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार चौधरीले स्थानीय ३९ वर्यीया सरस्वति देवीलाई घरमै रहेको अवस्थामा चक्कु प्रहार गरेका थिए ।
चौधरीलाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको छ । यता चक्कु प्रहारबाट घाइते सरस्वतीको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । सरस्वतीको टाउको, घाँटीलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
चौधरीमाथि महोत्तरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।