मुख्य समाचार
कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाए
कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाए

: नेपाली कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

शुक्रबार उनीहरूले पार्टी कार्यालय सानेपा पुगेर फागुन २१ गतेका लागि तय भएको चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका हुन्।


ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण भएकाले यो काम समयसीमा निर्धारण गरेर टुंग्याउन माग गरिएको छ। त्यसतै वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरूको उल्लेखनीय प्रतिनिधित्व गर्न विधानमा संशोधन हुनुपर्ने, पार्टीको अन्तरिम निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिनुपर्ने, १५ औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, पिछडिएका क्षेत्र र वर्ग तथा अपागंता भएकाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले बताए।



ज्ञापनपत्रमा उनीहरूले स्थानीय, प्रदेश र संघीय तहका निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार उम्मेदवार बनाउन र संविधान संशोधनका सन्दर्भमा पार्टी वा वडादेखि केन्द्रीय तहसम्म संवाद चलाई स्पष्ट दृष्टिकोणसहितको पार्टीको अवधारणा बनाउन पनि माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताको समय थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । कार्कीको सचिवालयका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई फोन गरेर म्याद थपका लागि आग्रह गरेकी हुन् । आयोगले फागुन २१ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक ३० सम्म मतदाता नामावली दर्ताको समय तोकिएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार कार्यवाहक ...
— नेपाल र भारतका सुरक्षा अधिकारीबीच दुई देशका अन्तर्राष्ट्रिय सीमाबाट हुने आवागमन सुरक्षित र व्यवस्थित गर्न अभिलेख राख्नेदेखि संयुक्त गस्ती गर्ने अभिलेख राख्ने सहमति भएको छ । भारतको दिल्लीमा सम्पन्न नवौं ‘नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक’ले दुवै देशका अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन गर्नेको ‘रियल टाइम रेकर्ड’ संकलन गर्ने सहमति गरेको हो। अभिलेख दुवै देशका फिल्डमा रहेका ...
— सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन दिल्ली पुगेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भारतीय गृहसचिवसँग शिष्टाचार भेट गरेका छन्। नवौं सीमा सुरक्षा समन्वय बैठक समापनपछि शुक्रबार महानिरीक्षक अर्यालले भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनसँग शिष्टाचार भेट गरेका हुन्। नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशकस्तरीय नवौं सीमा सुरक्षा समन्वय बैठक बुधबारदेखि ...
— मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवविरुद्ध ७ दलीय गठबन्धनले महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रदर्शन गरेको छ । बर्दिबासको एक होटलमा तत्कालीन प्रदेश प्रमुख सुमिन्त्रा भण्डारीले पार्टीगत हिसाबले सरोज यादवलाई मुख्यमन्त्री बनाएको आरोप लगाउँदै मुख्यमन्त्री यादवको तत्काल नियुक्ति खारेज गर्नुपर्ने माग राख्दै ७ दलले विरोध प्रदर्शन गरेका हुन् । 'होटल–सरकार' विरुद्ध नारा लगाउँदै उनीहरुले संघीयता बचाउन माग गरेका छन् ...
— सर्वोच्च अदालतले जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको निवेदनमा मिसिल झिकाउने आदेश गरेको छ। अहिराजको निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै जिल्ला र उच्च अदालतको फाइल मागेको हो। उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए। उनीले ...