— एमालेका संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) लाई संविधान मिचेर मुख्यमन्त्रीमा नियुक्त गरेको विरोधमा सात दलका नेता–कार्यकर्ता शुक्रबार पनि धर्नामा बसेका छन् ।
मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन अगाडिका सडकमा सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका हुन् । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेर बर्दिबासको होटलमा शपथग्रहण गराएकामा सात दल असन्तुष्ट छन् । सात दलले लगातार सडकमा धर्ना बसेर विरोध जनाइरहेका छन् ।
यता, पद अनुकूल आचारण नगरेको भन्दै सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रस्ताव दर्ता भएपछि लगातार १० पटक संसद बैठकमा अनुपस्थित रहेका भन्दै ५ जना सांसदलाई पदमुक्त गरिएकामा उनीहरुले आपत्ति जनाएका छन् ।
पदमुक्त गरिएका पाँचैजना सांसद जनकपुरस्थित प्रदेशसभा सचिवालयमा शुक्रबार पुगेर आफूहरुको उपस्थितिको हाजिरी रेकर्ड माग गरेका छन् ।