मुख्य समाचार
प्रदेश सभा भवन जलाउनेलाई कारबाही गर्न सांसद्को माग
प्रदेश सभा भवन जलाउनेलाई कारबाही गर्न सांसद्को माग

— भदौ २४ मा आगजनीमा भवन ध्वस्त भएपछि गण्डकी प्रदेश सभाको बैठक कृषि, भूमि व्यवस्था सहकारी मन्त्रालयको सभाहलमा बसिरहेको छ ।


शुक्रबारको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद् बेदबहादुर गुरुङले प्रदेश सभा भवन जलाउनेलाई कारबाहीको माग गरेका छन् ।

यो माग गरिरहँदा उनले आन्दोलनपछि सार्वजनिक भएको एउटा भिडियोको प्रसंग पनि जोडेका थिए । आगजनीपछि एक जना पुरुषले संसद् भवन जलाएकोमा खुसी व्यक्त गरेर फोनमा कुराकानी गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ‘अँ, भागे उनीहरु विचरा ! पूरै ध्वस्त बनाइयो आज । सबैभन्दा ठूलो भिक्ट्री यही प्रदेश सभा जलाएको हो,’ ती पुरुष फोनमा भनिरहेका थिए ।

उनले कांग्रेस नेता गगन थापा ‘घिसारेर’ कुटपिट गरिनुपर्ने मान्छे भएको पनि बताएका थिए । कान्तिपुर र अन्नपूर्ण मिडिया हाउसमा भएको आगजनी, तोडफोडको खबर सुनेपछि उनले यी मिडिया हाउसमाथि निकै तुच्छ टिप्पणी पनि गरेका थिए ।

उनी प्रदेश सभाको छेउमै रहेको प्रदेश प्रशिक्षण प्रतिष्ठानअगाडि उभिएर फोनमा बोलिरहेको भिडियोमा देखिन्छ । उनी फोनमा बोलिरहँदा प्रतिष्ठानको भवन जलिरहेको थियो । विध्वंस मच्चाएर खुसी मनाउनेसहित संसद् जलाउनेलाई कारबाही गर्न सांसद् गुरुङले माग गरेका हुन् । ‘त्यस्ता अपराधीको भिडियो भाइरल भइराख्दा अहिलेसम्म उनीहरुलाई कारबाही गरेको, पक्राउ गरेको कुरा आएको छैन । त्यसकारण ती अपराधीलाई तुरुन्त कारबाही होस्,’ उनले माग गरे ।

यसरी फोनमा कुराकानी गर्ने युवकको पहिचान खुलेको छैन । सुरक्षा संयन्त्रले उनको पहिचानको प्रयास गरिरहेको छ । कास्की प्रहरीले प्रहरी कार्यालय र व्यक्तिगत सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट गर्नेलाई पक्राउ गरिरहेको छ । प्रदेश सभा सचिवालयमा आगजनी, लुटपाट र तोडफोड गर्नेहरु भने पक्राउ परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताको समय थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । कार्कीको सचिवालयका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई फोन गरेर म्याद थपका लागि आग्रह गरेकी हुन् । आयोगले फागुन २१ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक ३० सम्म मतदाता नामावली दर्ताको समय तोकिएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार कार्यवाहक ...
— नेपाल र भारतका सुरक्षा अधिकारीबीच दुई देशका अन्तर्राष्ट्रिय सीमाबाट हुने आवागमन सुरक्षित र व्यवस्थित गर्न अभिलेख राख्नेदेखि संयुक्त गस्ती गर्ने अभिलेख राख्ने सहमति भएको छ । भारतको दिल्लीमा सम्पन्न नवौं ‘नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक’ले दुवै देशका अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन गर्नेको ‘रियल टाइम रेकर्ड’ संकलन गर्ने सहमति गरेको हो। अभिलेख दुवै देशका फिल्डमा रहेका ...
— सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन दिल्ली पुगेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भारतीय गृहसचिवसँग शिष्टाचार भेट गरेका छन्। नवौं सीमा सुरक्षा समन्वय बैठक समापनपछि शुक्रबार महानिरीक्षक अर्यालले भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनसँग शिष्टाचार भेट गरेका हुन्। नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशकस्तरीय नवौं सीमा सुरक्षा समन्वय बैठक बुधबारदेखि ...
— मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवविरुद्ध ७ दलीय गठबन्धनले महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रदर्शन गरेको छ । बर्दिबासको एक होटलमा तत्कालीन प्रदेश प्रमुख सुमिन्त्रा भण्डारीले पार्टीगत हिसाबले सरोज यादवलाई मुख्यमन्त्री बनाएको आरोप लगाउँदै मुख्यमन्त्री यादवको तत्काल नियुक्ति खारेज गर्नुपर्ने माग राख्दै ७ दलले विरोध प्रदर्शन गरेका हुन् । 'होटल–सरकार' विरुद्ध नारा लगाउँदै उनीहरुले संघीयता बचाउन माग गरेका छन् ...
— सर्वोच्च अदालतले जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको निवेदनमा मिसिल झिकाउने आदेश गरेको छ। अहिराजको निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै जिल्ला र उच्च अदालतको फाइल मागेको हो। उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए। उनीले ...