: बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न चारजनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत बैतडीले २०८१ असार १ गते चालक बिष्टको हत्यामा संलग्न रहेका चारजनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत बैतडीका श्रेस्तेदार विष्णुराज पन्तले जानकारी दिए।
हत्यामा संलग्न मृतक बिरभानकी बुहारी नाता पर्ने शिक्षिका समेत रहेकी भागरथी बिष्ट, पाटन–६ कै ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाइएको हो भने अर्का १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाइएको हो ।
गाउँकै बुहारी नाता भागरथीको घरमा २०८१ असार १ गते हत्या गरी राखेको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डको घङाल खोलामा शव फालिएको थियो । असार ३ गते बिरभानको शव सो स्थानमा फेला परेको थियो ।
२०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्वपक्षका लागि कारागार चलान गरिएको थियो ।