: निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले शुक्रबार दुवै चुनावका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो।
मंसिर १ देखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि र मंसिर १ देखि ७ गतेसम्म राष्ट्रिय सभाका लागि दल दर्ता गर्न आह्वान गरेको हो। आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची-१२ बमोजिम ढाँचामा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन सूचित गराएको हो।
दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम,स्थापना भएको मिति,आयोगमा दर्ता भएको मिति,केन्द्रीय कार्यालय रहेको ठेगाना ,पत्राचार गर्ने ठेगाना,टेलिफोन नम्बर,इमेल र वेबसाइटको विवरण खुलाउनुपर्नेछ।