मुख्य समाचार
उपल्लो डाेल्पाबाट हिँउमा फसेका पाँच जना प्रहरीको हेलिकप्टरबाट उद्धार
उपल्लो डाेल्पाबाट हिँउमा फसेका पाँच जना प्रहरीको हेलिकप्टरबाट उद्धार

— उपल्लो डाेल्पाबाट हिँउमा फसेका पाँच जना प्रहरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । शुक्रबार डाेल्पाेबुद्व गाउँपालिकास्थित धाेबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएकाे हाे ।


उद्वार हुने प्रहरीमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिस्ठ हवल्दार मणिराज जाेशी, हवल्दार जनकबहादुर कार्की, जवान नवराज भट्ट र नरेन्द्र भट्ट रहेका छन् ।


उद्धार गरिएका पाँचै जना शे-फोक्सुन्डो गाउँपालिका-१ निजालगुम्बास्थित अस्थायी प्रहरी चाैकीमा कार्यरत थिए । उनीहरु पाँचै जनालाई गत वैशाखमा नागरिकको शान्ति सुरक्षा गर्न भन्दै उपल्लो डाेल्पामा खटाइएकाे थियाे ।


नाम्दाेबाट धाे हुँदै दुनै पुग्ने भनेर हिँडेकाे करिब ३६ घण्टामा हिउँ र अत्यधिक चिसाेले खुट्टा खाएर हिँड्न नसक्ने अवस्था आएपछि उद्धार गरिएको जिल्ला प्रहरी डाेल्पाका डीएसपी रुकबहादुर खड्काले जानकारी दिए ।

हिउँले उनीहरु सबैकाे हातखुट्टा र अनुहार सुन्निएकाे छ । पाँचै जनालाई हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याएर सामान्य जाँच पछि थप उपचारका लागि सुर्खेत लगिएको छ ।


निजालगुम्बा क्षेत्रमा बाक्लाे हिउँ जमेर बस्न नसक्ने अवस्था आएपछि पाँचै जनालाई सदरमुकाम दुनैस्थित जिल्ला प्रहरी कार्यालयमा फर्किन निर्देशन गरिएको थियाे । दुनै फर्कने क्रममा हिँउले ज्यानै जाने जाेखिम भएपछि पाँचै जनालाई हेलिकाेप्टरबाट उद्धार गरिएको हाे ।


प्रहरी कर्मचारीलाई कर्तव्यपालनका क्रममा समस्या परेमा प्रहरी प्रधान कार्यालयबाट उद्धार हुने गरिँदै आएकाे केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...